दोलखाबासीलाई खुल्यो अपर तामाकोशीको आईपिओ भर्ने अवसर; कहाँ बाट दिने आवेदन ? - Lagani News

Latest


Post Top Ad

Tuesday, July 31, 2018

दोलखाबासीलाई खुल्यो अपर तामाकोशीको आईपिओ भर्ने अवसर; कहाँ बाट दिने आवेदन ?


लगानीन्युज/काठमाडौँ: माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आयोजना प्रभावित दोलखा जिल्लाका  स्थानीय बासिन्दाकालागि आईपिआओ खुला गरेको छ।  कम्पनीले  एक सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ५ करोड रुपैया  बराबरको १ करोड ५ लाख कित्ता साधारण शेयर निष्कासन गरेको छ।

आवेदन दिने समय श्रावण १६ गते देखि भद्रा १४ गते सम्म रहेको छ भने इक्छुक लगानीकर्ताले ३० कित्ता देखि ३०० अधिकतम ३०० कित्ता सम्म आवेदन दिन सक्ने छन् ।
यस अघि दोलखा जिल्लाबाटै शेयर आवेदन दिनु पर्ने भानिएतापनि अब भने काठमान्डौ उपत्यकाबाटपनि आवेदन दिन सकिने छ। 

दोलखा जिल्लामा १९ वटा सङ्कलन केन्द्र  तोकिएको छ  भने काठमान्डौ उपत्यकामा सनराईज क्यापिटल सहित सनराईज बैंकका १० वटा शाखा बाट आवेदन दिने सकिने छ। 

हेरौँ सङ्कलन केन्द्र :
दोलखा जिल्लमा अपर तामाकोशी हाईड्रोपावर आयोजना निर्माण स्थल सहित १८ वटा  विभिन्न बैंक तथा वित्तीय सस्थामा  संकलन  केन्द्र राखिएको छ ।



काठमान्डौ उपत्यकाभित्रका सङ्कलन केन्द्र  :

१) सनराईज क्यापिटल, कमलपोखरी

२) सनराईज बैङ्कका शाखा कार्यालय : न्युरोड, कालिमाटी, चावहिल, तीनकुने, बौद्ध, भक्तपुर, गावाहाल, गोठाटार, शंखमुल र कमलादी शाखा

राजधानीका संकलन केन्द्रले भने १० दिनका लागि अर्थात श्रावन २५ गते सम्म मात्र फारम बुझिलिने छन् । 

स्थानीय बासिन्दा पश्चात् सर्वसाधारणका लागि एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर निष्कासन हुने छ।

Pages