हामी लगानीकर्ताले सिक्नु पर्ने पाठ - Lagani News

Latest


Post Top Ad

Tuesday, July 10, 2018

हामी लगानीकर्ताले सिक्नु पर्ने पाठ




. सेयर बजार वास्तवमा भन्दा जुवा घर हुँदै होईन यो एउटा लगानीगर्ने क्षेत्र हो त्यसैलेयो क्षेत्रलाई कौडाको खाल जस्तो सोच्नु निकै गलत हुन्छ २१औ शताब्दीकोसेयर बजारमा अथाह ज्ञान चाहिन्छ त्यसैले बजारबाट कमाउने कुरा भन्दा पहिले बजारलाई सिक्न तल्लिन हुनुहोस बजारको साईकल,कम्पनी छान्ने तरिका , बजारलाई असर पार्ने खबर हरु , आदि यी कुराकोज्ञान बाट लगानी कर्ता उत्तानो परेर फस्ने सम्भावना धेरै कम हुन्छ यस्ता कुराको ज्ञानले बजारमा छिर्न निस्कने समयसिकाउछ , बलिया कम्पनी छान्न सिकाउछ हामी ६५००को ब्ल्याक लेभल लगेर कसै बाट कुनै कम्पनीको भित्री सुचना लिन खोज्छौ तर ५०००-१००००का सेयर तालिम लग्न हामि हिच्किचाउछौ सर्वप्रथम ज्ञाननै महत्त्वपूर्ण कुरो हो

. हामी धेरै जसो लगानी कर्ता हरु एकै प्रकारका कम्पनीहरु धेरै किन्छौ धेरै जसोलगानी कर्ता हरु पाेर्टफाेलियाे व्यवस्थापन तर्फ लाग्दैनौ तर सेयरबजारमा यो एउटा गलतरणनीति हो सेयरबजारमा लगानी गरिसके पछि आफू सङ्ग विभिन्न क्षेत्रका सेयर हुनुपर्छ जसले गर्दाकुनै एक क्षेत्रमा सामन्यघटने वेभ सुरुभो भने त्यसले आफुलाई ठुलो असर गर्दैन पाेर्टफाेलियाे व्यवस्थापनलेरिस्क मिनिमाईजेसन गर्ने कार्य गर्छ

. हामी मिडिया प्रती निकै विस्वास गर्छौ त्यो गल्ती कुरा हो मिडियाका कुरासबै सहि हुदैनन मिडियाका विभिन्नस्वार्थ हुन्छ्न यो यहाँमात्र नभएर सन्सारका धेरै सेयर बजारको समस्या हो मिडियाबाटवच्न सर्वप्रथम आफ्नो ज्ञान वृद्धि गर्नुहोस तपाईमा बजारसम्बन्धि राम्रो ज्ञान भने तपाईंमिडिया के सरकारकाकेही वेक्त्तीको कुरालाई पनि विस्वास गर्नु हुन्न किनकी तपाईं कन्क्लुजनमा पुगेपछि तपाईलाई केहीले पनि फरक पार्दैन मिडियाले खेल्नेभनेको त्यो बेला हो जब लगानीकर्ता बजारका केहि तत्त्व सङ्ग अनविग्य छन आफुलाईथाहा छैन मिडियाले भनेपछि पत्ताउन भन्नेकुराले बजार लाई तल माथी लग्नेकाम गर्छ
. सेयर बजारको उतारचढावको भविस्य हेर्ने आज सम्म कुनैसफ्टवेयर बनेको पनि छैन आज सम्मकुनै शुत्र नै बनेको खाली हामिले विभिन्न तत्त्वको अध्यन बाट निस्कर्स निकाल्ने मात्र हो त्यसैलेयसले बजार १२०० पुग्छ उसले बजार२३०० पुग्छ भन्यो भन्दै हल्ला फिजाउनेको पछी लागेर लगानी गर्दै नगरौ झन आजकालसामजिक सन्जालमा बजारलाई एकहरो तताउने एकहरो उत्तानोबनाउने समूहनै लागेको त्यसतासमुहको पछी नलागौ एउटा कुराजानी राखौ यो कलि युगमाअरुका लागि कसैले सल्लाह दिदैन बजार वृद्धिहुन्छ भन्नेको बेच्ने दाउ हुन्छ बजार घटछभन्नेको किन्ने दाउ

. एकपटक बजार प्रवेश गरेपछि बजारको नशामा धेरै जना फस्छ्न बैंक खाता,सहकारीको लोन , श्रीमतीका गहना , घर जग्गा समेतकोपैसा बजारमा लगानी गर्न्र लगानीकर्ताको संख्या पनि धेरै योएकदम गलत रणनीति हो हामीलेलगानी गर्नु भन्दा अघि बजार सधै वृद्धि हुन बनेको चिज होइन भनेर बुझ्नु पर्छ बजारले साथनदिएको अवस्थामा हामी घर घाटको हुन्छौ बजारमा आफ्नोरिस्क बहन गर्न सकिने समप्त्तीमात्र लगानी गर्नु पर्छ सेयर बजारअलिकता रिस्की क्षेत्रनै हो

. हामी investor बन्न सकेउ trader आफ्नो लगानीकति समयको लागि भनेर हामी स्पष्ट छैनौ तर आफुलेलगानी गरिसकेपछि यो सेयर यतीवर्षसम्मको लागि भनेर रणनीति बनाउनु पर्छ



Pages