लगानीन्युज/काठमाडौँ:
शेयर
बजारमा एउटा लगानीकर्ताको ठुलो सङ्ख्या जसले बजारलाई एकतर्फी हेरेको हुन्छ । बजार कहिले
एक तर्फी हुँदैन । बजार बढ्नलाई
मात्र बनेको कुरा होइन ।
बजारलाई
मुख्य त व्याज दर
र शेयरको माग र आपूर्तिले असर
पुर्याएको हुन्छ ।
बैङ्कको
व्याज दरलाई बैङ्कमा रहेको लगानीयोग्य रकमले असर पुर्याउछ । लगानीयोग्य रकमको
वृद्धि सङ्गै व्याज क्रमिक रूपमा घट्दै जान्छ । अझै पनि
केही बैङ्क छोडेर धेरैलाई निक्षेपको विग्यापन गर्दै आएका छन् । जुन दिन
धेरै बैङ्कले कर्जाको प्रचार गर्न थाल्छन् त्यो दिन देखि व्याज दरको राम्रो असर दोस्रो बजारमा पर्छ ।
माग
र आपूर्ति कुरा गर्दा अहिले पनि आपूर्ति नै धेरै छ
। अब बैंकहरुले लगभग
पुँजी वृद्धि योजना सकियो ।
सबै भन्दा ठुलो क्षेत्र बैङ्कको पुँजी वृद्धि स्याच्युरेशन जोनमा पुग्दा बजारले नेगेटिभ रियाक्स्न दियो । ४ गुणा
पुँजी बजारले थेग्न नसकेकै हो ।
अब
बजारमा तत्कालै बैंकहरुको ठुलो शेयर थपिने वाला छैन । यो वर्ष
सबैलाई बोनस शेयर दिनु
पर्ने बाध्यता छैन । त्यसैले यो
वर्षको साधारण सभा पछि बिस्तारै बैंकहरुको माग आपूर्ति व्यालेन्स आउने देखिन्छ ।
यता
धेरै इन्स्योरेन्सपनि
पुँजी वृद्धि नजिक छन् । अब केही
कम्पनी बाहेक धेरैको आक्रमक हिसाबले बजारमा शेयर थपिने छैन । माइक्रोले ठुलो
ठुलो हकप्रद ल्याए पनि सानो पुँजीको भएकाले समग्र बजारमा माग र आपूर्तिलाई असर
पुर्यादैन ।
बिस्तारै
केही राम्रै महिना पछि बजारमा माग र आपूर्ति व्यालेन्स
हुँदै जाने देखिन्छ । तत्काल चाहिँ
सबै कुरा व्यालेन्स हुन गारो छ तर ठुलो
गिरावट आउने सम्भावना
पनि न्यून देखिन्छ । बजार पोखरी
झैँ बस्ने सम्भावना देखिन्छ , सामान्य उतारचढाव ।
हामीलाई
बहान चाहिएको छ । बजार
घटेको रिस हामी कहिले नेप्सेलाई पोख्छौ कहिले धितोपत्र बोर्ड र अहिले डा
खतिवडा।
खतिवडाले
न कम्पनीको प्रतिशेयर आम्दानी घटाएका छन न उनले
लभास दिने सक्ने क्ष्मता कम गराएका
हुन ।
हामीलाई बजार फुलाउने अर्थमन्त्री चाहिएको हो । हामीलाई
डा नेपाल सधै मन पर्यो किनकी
उनले पूंजी वृद्धि योजना ल्याए। हामीले कुनै समय घरजग्गाबाट डुब्नलागेको हाम्रो प्रणाली जोगाईदिने डा खतिवडालाई कहिले
सम्झन सकेनौ ।
यहाँ
खतिवडाको राजीनामा माग्ने समुहपनि
ठुलो छ । हो
खतिवडाको राजीनामा पछि केही दिन बजार फुल्ला तर त्यो फुलेको
बजारमा फस्ने फेरी हामी साना लगानीकर्ता नै हो ।
सेन्टिमेन्ट्क बजार भनेर म मान्छु तर
बजार सेन्टिमेन्टले थोरै दिन मात्र चल्छ ।