१०५ प्रतिशत संस्थापक हकप्रद शेयर निष्कासनका लागि एभेरेस्ट इन्स्योरेन्स पुग्यो बोर्ड - Lagani News

Latest


Post Top Ad

Thursday, July 12, 2018

१०५ प्रतिशत संस्थापक हकप्रद शेयर निष्कासनका लागि एभेरेस्ट इन्स्योरेन्स पुग्यो बोर्ड

लगानीन्युज/काठमाडौँ:  

एभरेष्ट इन्स्योरेन्स कम्पनीले संस्थापक तर्फ शेयर स्वामित्व कायम गर्न सर्वसाधारणका लागि १ सय ५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । हाल सर्वसाधारणको मात्रै शेयर स्वमित्व रहेको कम्पनीले ५१ प्रतिशत संस्थापक शेयर संरचना कायम गर्न असार २१ गते धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।
१०५ प्रतिशत हकप्रद शेयर सबै संस्थापक समूह तर्फको हुने छ।  १०५ प्रतिशत हकप्रद पछि कम्पनीको पुँजी २७ करोड पुग्ने छ।  अब चाही संस्थापक र साधारण शेयर धनीको हिस्सा अनुपात ५१ : ४९ हुने छ।
अहिलेको हकप्रद प्रक्रिया पश्चात् कम्पनीले फेरी ३०० प्रतिशत हकप्रद शेयर जारी गर्ने छ। ३०० प्रतिशत हकप्रद पछि कम्पनीको पुँजी १ अर्ब नाघ्ने छ।  बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई १ अर्ब पुँजीको लक्ष्य दिएको थियो।

Pages