प्राविधिक विष्लेषण र नेपाली बजार - Lagani News

Latest


Post Top Ad

Sunday, July 29, 2018

प्राविधिक विष्लेषण र नेपाली बजार


 
लगानीन्युज/काठमाडौँ: प्राविधिक विश्लेषण भनेको बजार  स्थिर  भएको बेला एकदम महत्त्वपूर्ण औजार हो । प्राविधिक विश्लेषणले बजारमा लगानीकर्ताको मनोविज्ञान नाप्न मदत गर्छ ।


बजारमा खरिद कर्ता बलिया छन् कि बिक्री कर्ता बलिया छन् भन्ने नाप्ने काम  गर्दछ जुन कुराले बजारको भविष्य तय गर्दछ । त्यस्तै बुल ,बियरको सङ्केत पनि गर्ने गर्दछ । परिपक्व बजारमा भने प्राविधिक विश्लेषण एकदमै महत्त्वपूर्ण कुरा हो ।

विदेशी बजारमा , फरेक्स , डेरिभेटिभमा झन् निकै छिटो समयमै किन बेच गर्न मिल्छ , त्यस्तो बजारमा  प्राविधिक विश्लेषण बिना कारोबार अप्ठ्यारो हुन्छ किनकि एकै दिनमा आधारभूत तत्त्वहरू त्यति परिवर्तन हुन्न।

छिटो छिटो किनबेच गर्ने लगानीकर्तालाई त  प्राविधिक विश्लेषण हिरा नै हो । लामो समय सेयर राख्ने लगानीकर्ताका निमित्त भने आधारभूत कुरानै महत्त्वपूर्ण हुन्छन् ।


प्राविधिक विष्लेषण कुन बेला त्यति सफल मानिदैन ?
- राजनैतिक कारणले उतारचढाव हुदा रास्ट्र बैंक तथा रेगुलेटरि अङ्गहरुले ल्याउने नीतिका बेलामा चाहिँ  यो त्यति सिद्ध हुन्न
-कम्पनिको लाभांश घोषणा बित्तीय प्रतिवेदन सार्वजनिक हुदा
-अफवाह फैलाउने खालका समाचार ,हल्ला
-सानो पुजिभएका कम्पनीमा निस्चित समूह बाट कृतिम बाईङ ,सेलुङ्ग प्रेसरको सिर्जना आदि
सबै भन्दा राम्रो उपाय :
कम्पनी छान्दा आधारभुत कुरा अध्यन , खरिद विक्री गर्दा प्राविधिक विष्लेषण


Pages