"पुँजी बजार मेरो जिन्दगीको दोश्रो तथा अन्तिम इनिङ्ग हो " छोटेलाल रौनियार - Lagani News

Post Top Ad

Monday, August 27, 2018

"पुँजी बजार मेरो जिन्दगीको दोश्रो तथा अन्तिम इनिङ्ग हो " छोटेलाल रौनियार



वि.स. २०१५ सालमा काठमान्डौको मखन टोलमा जन्मनु भएका छोटेलाल रौनियार एक सफल लगानीकर्ता हुन । ५ जना दाजुभाईमा सबै भन्दा कान्छा छोरा भएकाले  टिचरले नाम छोटेलाल राखेपनि शेयर बजारको विकासको लागि भने उनले कहिले पनि सानो मन गरेनन् ।

 रौनियारको पुर्खौली व्यापार कपडाको थियो तर परम्परागत कपडा पसललाई छोडेर उनी गार्मेन्ट उत्पादन तथा निर्याततर्फ लागे । गार्मेन्ट कारखाना बन्द भएपछि जीवनको दोस्रो इनिङ्गको रूपमा शेयर बजारमा प्रवेश गरेका रौनियार शेयर बजारमा दख्खल राख्ने जो कोहीलेपनि चिन्ने नाम हो। नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारसंग लगानीन्युज टिमले गरेको कुराकानी : 

➤ गार्मेन्ट फ्याक्ट्री बन्द भएपछि कसरी शेयर बजार प्रवेश गर्नु  भयो ?

मैले सुरु देखिनै गार्मेन्ट व्यवसाय मात्र गर्थे । म एकपटकमा एउटा काममा मात्र विस्वास गर्ने मान्छे त्यसैले मेरो गार्मेन्ट राम्रो चल्दासम्म अन्य कुनै पनि क्षेत्रमा हात हालिन । मेरो व्यापार राम्रै चल्दै थियो, कारखानामा करिब ६०० जना कर्मचारी काम गर्दै आउनु भएको थियो । युनियनको अवरोधको कारणले गर्दा मैले मेरो कारखाना चलाउन नसक्ने अवस्थामा पुगे । अन्त्यमा मैले ३५  वर्ष काम गरेको मेरो गार्मेन्ट फ्याक्ट्री बन्द गर्नु पर्‍यो, मेरो व्यापारमा म मात्र होइन मेरो श्रीमतीले पनि  करिब २८ वर्ष मलाई साथ दिनु भएको  थियो । त्यो व्यापार बन्द गर्दा हामी निकै भावुक हुनु पर्‍यो । दिन रात कारखानामा काम गरेका हामी दुईलाई अब भने समय बिताउन निकै गाह्रो  भयो ।

व्यायाम र समय सदुपयोग गर्न म मेरो गृहस्थान ताहाचालबाट दिनहुँ जसो न्युरोड हिँडेर जान्थे । एक दिन न्युरोडमा केही साथीभाइलाई भेट्न गए, उनीहरूले मलाई भेट्न २० नम्बर ब्रोकरमा बोलाए । साथीभाइलाई भेट्न जाँदा शेयर कारोबार भएको देखे त्यसपछि मलाई शेयर बजार प्रति अलिकता रहर जागेर आयो । खाली बस्नु भन्दा केही गरौँ भनेर शेयर बजारमा छिर्ने निर्णय गरे। म सँग लगभग २-३ लाख बराबारको आईपिओको शेयर थियो तर दोस्रो बजारमा एउटा शेयर पनि थिएन ।
शेयरबजारमा छिर्ने निर्णय त गरे तर त्यो बेला मलाई शेयर बजारका आधारभूत कुराहरू समेत थाहा थिएन, बजार र कम्पनी विश्लेषण त धेरै परको कुरा थियो ।
 व्यायाम र समय सदुपयोग गर्न म मेरो गृह स्थान ताहाचालबाट दिनहुँ जसो न्युरोड हिँडेर जान्थे । एक दिन न्युरोडमा केही साथीभाइलाई भेट्न गए, उनीहरूले मलाई भेट्न २० नम्बर ब्रोकरमा बोलाए । साथीभाइलाई भेट्न जाँदा शेयर कारोबार भएको देखे त्यसपछि मलाई शेयर बजार प्रति अलिकता रहर जागेर आयो । खाली बस्नु भन्दा केही गरौँ भनेर शेयर बजारमा छिर्ने निर्णय गरे। 

➤ पहिलो पटक बजार छिर्दाको अनुभव कस्तो रह्यो ?

जब म पहिलो पटक दोस्रो बजार छिरे, नेप्से परिसुचक उच्च अङ्क ११७५ बाट घटेर ३३५  अङ्कमा आएको थियो । मान्छेहरू शेयरलाई कागजको टुक्रा जस्तै फाल्दै थिए । त्यही बेला मैले दोस्रो बजारमा करिब २ करोड लगानी गरे । मैले लगानी गरिसकेपछीपनि बजार निरन्तर घट्दो क्रममा रह्यो । हेर्दा हेर्दै बजार घटेर २९२ को बिन्दुमा आयो, त्यो बेला मलाई करिब ४० लाख जति नोक्सान भैसकेको थियो ।

बजार २९२ पुगेकै बेला मेरो श्रीमती लन्डनबाट काठमान्डौ आउनु भएको समय पर्‍यो । दुवै जना टेलिभिजन हेर्दै गर्दा "शेयर बजार मन्दीको मारमा "  भन्ने समाचार आयो । गार्मेन्ट फ्याक्ट्री पनि बन्द भएको र यता शेयरमापनि ४० लाख नोक्सानी हुँदा मलाई मेरो श्रीमतीले प्रश्न गर्नु भयो "हामी गार्मेन्ट बन्द गरेर आएको, अझै कति धेरै लोन छ, फेरी शेयर बजारमापनि धेरै घाटा भइसक्यो ?"

उनको त्यो कुरा सुनेर म एक छिन केही बोल्न सकिन । केही बेर सोचेर मैले उनलाई जवाफ दिए " हेर गायत्री ! मैले जिन्दगीमा सबै भन्दा पहिला गार्मेन्ट व्यवसाय गरे, नेपालभर गार्मेन्ट व्यवसायमा राम्रो  कामले गर्दा हाम्रो नाम सबैले चिन्छन्, पुँजी बजार मेरो जिन्दगीको  दोस्रो र अन्तिम इनिङ्ग  हो । म एक समयमा एउटा मात्र काम गर्ने भएकाले अब यही पुँजी बजारमा एउटा राम्रो र व्यावहारिक लगानीकर्ता बन्ने छु र मैले पुँजी बजारमा गरेको योगदानलाई सबैले कदर गर्ने  छन् । "

मैले उनलाई वचन त दिए तर मेरो लागि अबको अन्तिम इनिङ्ग निकै चुनौतीपूर्ण थियो । मलाई पुँजी बजारबाट पैसा मात्र कमाउनु थिएन , पुँजी बजारको विकास, विस्तार र लगानीकर्ताको हक हितको लागि लडेर नाम पनि  कमाउनु थियो जुन कुरा मैले मेरो श्रीमतीलाई वचन दिएको थिए । गार्मेन्ट व्यवसाय भन्दा अबको मेरो यात्रा धेरै चुनौतीपूर्ण थियो किनकि शेयर बजारमा म निकै नयाँ थिए ।

बजार २९२ पछि माथि लाग्न सुरु भयो, बजारले बुलिस ट्रेन्ड समात्न थालिसकेको थियो । मैले लगानी थप्दै गए, बिचमा अलिअलि शेयर किन बेच पनि गरे । लोन तिर्दै गए, पोर्टफोलियो बढ्दै गयो जे होस सबै राम्रै भयो । त्यो दिनबाट खासै पछि फर्किनु परेन ।
मैले उनलाई वचन त दिए तर मेरो लागि अबको अन्तिम इनिङ्ग निकै चुनौतीपूर्ण थियो । मलाई पुँजी बजारबाट पैसा मात्र कमाउनु थिएन , पुँजी बजारको विकास, विस्तार र लगानीकर्ताको हक हितको लागि लडेर नाम पनि  कमाउनु थियो जुन कुरा मैले मेरो श्रीमतीलाई वचन दिएको थिए । 


➤ सुरुसुरुमा कसरी शेयरमा लगानी गर्नुहुन्थ्यो ?

मैले कहिले पनि हल्लाको भरमा लगानी गरिन । म एउटा सिद्धान्तमा बसेर लगानी गर्थे । मैल कुनै कम्पनीको शेयर कारोबार गरेपछि बेलुका म आफैले आफैलाई प्रश्न गर्थे र मैले ठिकै निर्णय गरेको जस्तो लाग्थ्यो । शेयर खरिद बिक्री गर्दा तपाइसँग एउटा स्पष्ट कारण हुनु पर्छ, पुरै भाग्यमा विश्वास गर्ने भए त शेयर बजार र जुवामा फरक के भयो ?
मैले कारोबार सुरु गर्दा  शेयर बजार सम्बन्धी मिडिया निकै कम थिए  र अहिले जस्तो शेयर बजारको बारेमा जान्न बुझ्न सजिलो माध्यम  थिएन ।
शेयर खरिद बिक्री गर्दा तपाइसँग एउटा स्पष्ट कारण हुनु पर्छ, पुरै भाग्यमा विश्वास गर्ने भए त शेयर बजार र जुवामा फरक के भयो ? 
केही जाने बुझेका व्यक्तिहरू त थिए तर  उनीहरू कुनै कम्पनीको शेयर  किन्न र बेच्न  सल्लाह दिन्थे तर उनीहरूबाट शिक्षा पाउन गारो थियो ।

तर म आफै शेयर बजार बज्नु पर्छ भनी मेहनत गर्न थाले । मैले बजारको बारेमा अनुसन्धान गर्न सुरु गरे । सुरुमा मैले कम्पनीको वित्तीय प्रतिवेदनहरू सबै जम्मा गर्दै गए तर मलाई एक्सेलको खासै ज्ञान थिएन त्यही भएर मैले कम्पनीहरूको वित्तीय प्रतिवेदनका मुख्य मुख्य कुराहरू डायरीमा सार्दै गए । सुरुमा  मैले वाणिज्य बैंकहरु दाज्न थाले, सबै भन्दा बलियो र अन्डरभ्यालुड १० वाणिज्य बैङ्कको सुची निकाले र १० वटाबाट सुरुको ५ वटा बैङ्क किने  त्यसपछि अर्को ५ मा लगानी गरे । कम्पनी दाजेर किन्ने बानी बस्यो जसले गर्दा मेरो लगानी राम्रो हुँदै गयो ।
त्यस्तै गरी माईक्रोफाईनान्सको शेयरमा पनि  लगानी गरे त्यसपछि  पछि मात्र ईन्स्योरेन्सको शेयरमा लगानी गरेर र एउटा राम्रो पोर्टफोलियो बनाए  ।

मलाई  पैसा कमाउन भन्दा पनि प्रत्येक दिन केही न केही सिक्ने इक्षा हुन्थ्यो । धेरै दिनको अथक प्रयास पछि मैले बिस्तारै पुँजी बजार सिक्दै गए म अभ्यस्त हुँदै गए ।

गार्मेन्ट फ्याक्ट्री हुँदा मेरा धेरै कर्मचारी थिए । मेरो  सबै सानो ठुलो काम मेरा कर्मचारीले गर्थे तर पुँजी बजारमा आएपछि म सबै काम आफू नै गर्न थाले । बोनस शेयर लिन होस, आई पिओ भर्न होस् अथवा अन्य कुराहरू गर्न मैले कसैलाई नियुक्त गरिन । म लाइन बसेर आफै गर्न थाले जसले गर्दा मैले केही न केही भए पनि नयाँ कुरा सिक्न पाउँथे ।
मैले जानेको कुरा मैले मिडियामा लेख्न थाले । मैले लेख्दा लेख्दै अझै धेरै कुरा सिके । बजारमा सधैँ म सकारात्मक प्रवित्तिका साथ अगाडी बढे । कसैको बिगार्न खोजिन ।

मलाई  पैसा कमाउन भन्दा पनि प्रत्येक दिन केही न केही सिक्ने इक्षा हुन्थ्यो । धेरै दिनको अथक प्रयास पछि मैले बिस्तारै पुँजी बजार सिक्दै गए म अभ्यस्त हुँदै गए ।


 लगानीकर्ता सफल हुन के गर्नु पर्छ जस्तो लाग्छ  ?
पुँजी बजारको एउटा आधारभूत कुरा के भने बजार घटबढ सधैँ हुन्छ ।  बजार घट्नको लागि बढ्छ भने बढ्नको लागि घट्छ यो बजारको सुन्दरता पनि हो । घटबढबाट नै हो लगानीकर्ताले कमाउने, यदि बजार स्थिर भएको भए साहेद दोश्रो  बजारमा लगानीकर्ताको यत्तिको चासो हुने थिएन । दोस्रो बजार घट्दा आत्तिएर डराएर सबै शेयर बेचेर भाग्ने कहिले पनि गर्नु हुँदैन अनि बजार बढ्दा मात्तिएर भए भरको सम्पत्ति शेयर बजारमा लगानी गर्नु हुँदैन ।

शेयर बजारमा जहिलेपनि दीर्घकालीन हिसाबले सोच्नुस् । नयाँ लगानीकर्ताहरू सके सम्म लोन बिनाको पोर्टफोलियो बनाउनु होस् र यदि लोन नै लिने हो भनेपनि  आफ्नो पोर्टफोलियोको २० प्रतिशत भन्दा धेरै लोन नलिनु होला । लोनले जोखिम वृद्धि गर्छ सके सम्म आफ्नै बचाएको पैसा लगानी गर्दा राम्रो । बजार घट्दा आफ्नो रकम मात्र लगानी गर्ने कहिले पनि फस्दैन, जसको लोन धेरै हुन्छ त्यो लगानीकर्ता चाही बजार घट्दा  नराम्रो संग  फस्ने सम्भावन हुन्छ  । धैर्यता, धिर्ढता  र बलियो आत्मबल भएका लगानीकर्ताहरूले मात्र हो शेयर बजारमा कमाउने ।
दोस्रो बजार घट्दा आत्तिएर डराएर सबै शेयर बेचेर भाग्ने कहिले पनि गर्नु हुँदैन अनि बजार बढ्दा मात्तिएर भए भरको सम्पत्ति शेयर बजारमा लगानी गर्नु हुँदैन । 
त्यस्तै आफ्नो पोर्टफोलियोको ७० प्रतिशत शेयर आधारभूत हिसाबले बलियो र ग्रोइंग कम्पनीमा लगानी गर्नु पर्छ र यस्ता शेयरलाई मध्यमकालीन र दीर्घकालीन रूपमा छोड्दिनु पर्छु र बाँकी ३० प्रतिशत पोर्टफोलियोले शेयर किन बेच गर्नु पर्छ । मेरो आफ्नै एउटा सिद्धान्त छ त्यो हो " LONG TERM VALUE INVESTMENT WITH COMPOUNDING RETURNS"

 सुरुमै शेयरमा पैसामात्र कमाउन सोच्ने होइन की शेयर बजारसंग अभ्यस्त हुनुपर्छ । जसले शेयर बजारलाई नबुझी, अरूको संगतमा, हल्लामा लगानी गर्छ उसका लागि शेयर बजार जुवा घर जस्तै हो ।


➤ अहिलेको वर्तमान बजारमा तपाईलाई चित्त नबुझेका केही कुरा छन्  ?
बजारको बारेमा आफू अनुकूल व्याख्या गरेर सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी गर्ने चलन छ । आफूले शेयर किने पछि शेयर वृद्धि हुन्छ भने हल्ला फिजाउने र आफूले शेयर बेचे पछि घट्छ भनेर हल्ला फिजाउने प्रवृत्ति नै चलेको छ । यस्तो क्रियाकलापले नयाँ लगानीकर्तालाई असर पुग्छ ।

नेपालमा राम्रो राम्रो प्राव्रिधिक विस्लेषकपनि छन् तर यहाँ प्राविधिक विस्लेश्कको नाममा आफू खुशी  बजार व्याख्या गर्ने चलन आएको छ । यस्तो कृयाकलापाले एक त प्राविधिक विश्लेषणप्रति नयाँ लगानीकर्ताको विश्वास घट्दै छ र अर्को कुरा  बेला बेलामा गरिने यस्ता प्राव्रिधिक विश्लेषणले बजारलाई आफ्नो वास्तविक सेपमा आउँनपनि दिएको छैन।

त्यस्तै नियामक निकायहरू हाम्रो अगाडी मिठो कुरा गर्नु हुन्छ, हुँदैन केही भन्नु हुँदैन तर वास्तविकता हेर्ने हो भने पछि उहाँहरु काम गर्न ढिलो सुस्ती गर्नु हुन्छ ।  सरकारी काम भएर हो की एकदमै ढिलो सुस्त छ, जसले गर्दा पुँजी बजार जुन प्रकारको आधुनिकरणमा जानु पर्ने हो त्यो जान सकेको छैन ।
त्यस्तै  इन्साईडरले गर्दा पनि धरै साना र नयाँ लगानीकर्ताहरू फस्दै आएको अवस्था छ ।

हाम्रो धितोपत्र बोर्डले २५ वर्ष मनायो,  हामीहरू साना छौ भन्न मिल्दैन । कहिले काहीँ हँसी मजाकमा भन्ने गर्छु " विहेनै  गरेको भए छोरा छोरी हुने बेला हो "

वास्तावामा काम गर्न निकै ढिलो भएकै हो । हाम्रो बजार विकास नभएको होइन तर हुनु पर्ने विकास नभएको  हो । अहिले पनि हामी सरकारी कार्यालय जस्तै छौ, आज भन्दा धेरै अघि अनलाइन कारोबारका कुरा, एनआरएनका कुरा, मार्केट  मेकर, बैंकलाई ब्रोकर लाईसेन्स  सबै कुराहरू उहाँहरूले भन्दै हिँड्नु भयो । म भन्छु काम गरेर मात्र बोल्नुस् की बोल्दै नबोल्नुस् । यस्तो क्रियाकलापले बजारलाई नकारात्मक प्रभाव पार्छ ।

➤ चौथो त्रैमास राम्रो हुँदा हुँदै पनि बजार घटिरहेको छ , किन होला ?

  • पहिले कारण भने व्याज दर हो । व्याज पहिले १० प्रतिशत भन्दा  कम  थियो अहिले १५ प्रतिशत सम्म  छ, व्याज दरको र शेयर बजारको विपरीत सम्बन्ध  हुन्छ ।
  • अर्को भनेको शेयरको आपूर्ति हो । पुँजी वृद्धि योजनाले गर्दा राइट र बोनस शेयरले  बजारमा  निकै ठुलो आपूर्ति थपियो । नियामकले बजारको माग बढाउन बोलेकै नीतिहरु लागु नगर्नुको कारणले बजारमा माग वृद्धि  हुन सकेन  त्यसैले शेयरको  आपूर्ति बढ्नाले  बजारलाई नकारात्मक असर पुगेको हो । 
  • त्यस्तै लगानीकर्ताको मनोबल कम भएको छ, १८८१ बाट बजार निरन्तर घट्दा  धेरै लगानीकर्ताहरुले करिव २ वर्ष देखि  गुमाउदै आएको  कारणले धेरैको बजार प्रति विश्वास घट्दै गएको छ  । 
  • नियामकहरुले समय समयमा प्यान, भ्याट र पुँजीगत लाभ कर जस्ता कुराहरु उठाएर पुँजी बजारमा बेला बेलामा अन्योलता र भ्रम सिर्जना   गर्दै आएको अवस्था छ।  
  • केही प्राव्रिधिक विश्लेषकहरूले तोरी लाउरे पाराले  बजारको  विश्लेषण गर्दा पनि बजारको सेप बिक्रिएको छ  ।
  • सामाजिक संजाल जस्तै फेसबुक, भाईबर आदिमा एउटा समूह बनाएर बजारका नकारात्मक कुराहरुलाई  मिर्च मसला लगाएर, भए नभएका कुरा हरु जोडेर-घटाएर पस्किने प्रवित्ति हावी भएको छ यसले पनि पुँजी बजारलाई नकारात्मक असर पुगेको छ। 
  • केही अन्लाईन पोर्टल, पत्रकार साथीहरु पनि बजार सम्बन्धी भ्रम फैलाउने समाचारहरु सम्प्रेषण गर्दापनि बजारमा  अन्योलता सिर्जना भएको छ। 
  • राज्यबाट नै समय समयमा बजारमा लगानी गर्न प्रोत्साहन दिनुको साटो उल्टो लगानीकर्ताको मनोबल गिराउने, हतोउत्साहित बनाउने अभिव्यक्त्तिहरु आउँदा  अन्योलताको वातावरण  सिर्जना भएको छ।  
➤ शेयर बजारको भविस्यको विषयमा केही भन्न चाहनुहुन्छ  ?

बजार दिन दिनै विकास हुदै छ। नीतिगत रुपमापनि लगानीकर्ताको हक हितमा काम भैरहेको अवस्था छ। पूर्ण रुपमा लागु हुने गरी अन्लाईन कारोवार प्रणाली आउने दिन नजिकिदै छ।  बैंकको सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने कुरा नीतिगत रुपमा सम्बोधन भैसकेको अवस्था छ।  यसले गर्दा  पुँजी बजारको विकास र विस्तार हुने देखिन्छ।  पुँजीगत लाभ करको विषयमा जुन किसिमको अन्योलता थियो केही दिन भित्रै लगानीकर्ताको हक हितमा हुने गरी नै सम्बोधन हुने सम्भावना धेरै छ।  पुँजीगत लाभकर ७ दशमलव ५ प्रतिशत नै अन्तिम हो भन्ने कुरा राजस्व सचिवज्युले बारम्बार बोलेकै कुरा हो ।
बजार अहिले धेरै घटिसकेर धेरै तल आएको अवस्था छ र लगानीकर्ताहरु अहिले घाटा खाएर शेयर बेच्न खोजिरहेका छैनन्। अहिले धेरै कम्पनीको शेयरहरु अण्डरभ्यालुड  छन् र मेरो व्यक्तिगत हिसाबले भन्दा पुँजी बजारमा लगानी गर्ने यो उपयुक्त समय हुन सक्छ ।
आपूर्ति कम हुँदै गएको, व्याज घट्दै गएको, अनलाइन कारोबार र बैङ्कलाई ब्रोकर लाइसेन्स पाएपछीको अवस्थामा बजारले राम्रो फड्को मार्नेछ ।

➤ अन्त्यमा के भन्न चाहनुहुन्छ ?

 लगानी गर्दा आज मैले किनेको शेयरले मेरो अर्को पुस्ताले पनि राम्रो प्रतिफल पाउनु पर्छ भने मान्यता राख्नुस । सकारात्मक सोच लिएर हिडौ जित हाम्रै हुने छ । पुँजी बजार हाम्रो साझा घर हो यसलाई बिग्रिनबाट  बचाउने हाम्रो कर्तब्य हो । 



Pages