"जिम्मेवारीबाट म कहिल्यै पछि हट्ने छैन"; राधा पोखरेल - Lagani News

Post Top Ad

Wednesday, August 8, 2018

"जिम्मेवारीबाट म कहिल्यै पछि हट्ने छैन"; राधा पोखरेल


लगानीन्युज/काठमाडौँ :
श्रावणको पहिलो साता जन्मिएको नेपाल पूंजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल एक सक्रिय लगानीकर्ता हुन्। शेयर बजार बाहेक उनी सक्रिय रूपमा सामाजिक विषयमा केन्द्रित रहेर नारीको पक्षमा कलम चलाउँछिन्। नेपालको इतिहासमा लगानीकर्ता संघको नेतृत्व लिने उनी पहिलो महिला हुन्। अध्यक्ष राधा पोखरेलसँग लगानी न्युज टिमले गरेको कुराकानी : 

सर्वप्रथम तपाईँलाई स्वागत छ र "नेपाल पूंजीबजार लगानीकर्ता संघ"को अध्यक्ष हुनुभएकोमा लगानी न्युज टिमको तर्फबाट बधाईपनि  छ।   
धन्यवाद लगानी न्युज र मलाई राधा पोखरेल भनी चिन्ने र मलाई यहाँ सम्म पुर्‍याउन सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरुलाईपनि तपाईँहरूको मिडियामार्फत  धन्यवाद दिन चाहन्छु।  

➤ तपाईँ पहिलो नारी जसले लगानीकर्ताका संघको नेतृत्व लिनु भएको छ कस्तो अनुभव गर्दै हुनुहुन्छ ? 
मलाई एकदम खुशी लागेको छ । यति सानो उमेरमा यति ठुलो जिम्मेवारी पाएको छु। त्यो पनि नेपालको पुँजी बजारको इतिहासमा लगानीकर्ता संघको अध्यक्षमा पहिलो युवा महिला अध्यक्ष। यो जिम्मेवारीबाट म कहिल्यै पछि हट्ने छैन। सबै लगानीकर्ताहरूबाट धेरै माया पाएको छु र सबैको समर्थन र सकारात्मक टिप्पणीको अपेक्षा  गरेकी  छु । 

नेपाली पुँजी बजारको विकास गर्न संघको नेतृत्व लिएको हूँ तर गन्तव्य सम्म पुग्न बाटो सजिलो छैन त्यसैले जीवनमा थप चुनौती थपिएको अनुभव गरिरहेको छु ।  



➤पक्कै पनि यहाँ सम्म पुग्न सजिलो भएन होला।  यात्रामा कस्तो बाधा आए ?
पक्कैपनि सानो होस या ठुलो  काम गर्न सजिलो भने  छैन र म जुन रूपमा यहाँ  सम्म आए यस बिचमा धेरै नै बाधा आएका थिए र अझै कति आउने हुन थाहा छैन तर म त्यसबाट डराएर भाग्ने नारी भने हैन। 

मैले सानैमा मृत्यु सँग जुधेकी हुनाले सबै समस्यासँग जुध्न सक्ने सामर्थ्य ममा अझै बाँकी छ।  मुटुमा समस्या हुनेहरूको आत्मबल कमजोर हुने जुन मानसिकता छ, त्यसलाई म गलत साबित गर्न सक्छु । किनकि, मैले कहिल्यै हिम्मत हारेकी छैन र हार्ने पनि छैन।

मैले सानैमा मृत्यु सँग जुधेकी हुनाले सबै समस्या सँग जुध्न सक्ने सामर्थ्य ममा अझै बाँकी छ।  मुटुमा समस्या हुनेहरूको आत्मबल कमजोर हुने जुन मानसिकता छ, त्यसलाई म गलत साबित गर्न सक्छु । किनकि, मैले कहिल्यै हिम्मत हारेकी छैन र हार्ने पनि छैन।  

 नेपाली पुँजी बजारमा महिलाको सहभागिता कम छ, तपाईँ अब लगानीकर्ताको नेतृत्व गर्छु भनी लागी पर्नु भएको छ ! महिलाको उपस्थित वृद्धि गर्न के गर्नु हुन्छ ? 
पक्पकैपनि म एक महिला भएको हिसाबले मैले नजिकबाट उहाँहरुको दुख बुझिरहेको हुन्छु। बजारमा महिलाहरूको सहभागिता कमै छ भन्न त सकिन्न तर सोचे अनुरूपको छैन। 

महिलाको उपस्थिति वृद्धि गर्न सबै भन्दा पहिला उहाँहरूमा सेयर सम्बन्धी जनचेतना जगाउने काम गर्नेछौ ।  उहाँहरुलाई शेयर बजारका फाइदा तथा जोखिमहरूको बारेमा जानकारी दिन विभिन्न कार्यक्रमहरू आयोजना गर्नेनै छौ । जब उहाँहरुले शेयर बजार बुझ्नु थाल्नु हुन्छ त्यस  पछि उहाँहरू नै पुँजी बजार खोज्दै आउनु हुने  नै छ भन्ने मलाई लागेको छ । 
सम्बन्धित  निकायहरूमा महिलाको सहभागिता वृद्धि गर्न केही कार्य योजना प्रस्तुत गर्ने छु र हाम्रो संघले यस विषयमा सधैँ सकारात्मक दबाब दिने नै छ ।  


➤तपाईँको संघ खाली देखिने संघ मात्र त हुन्न नि ! तपाईँहरूको सकारात्मक क्रियाकलापले पुँजी बजारको विकास गर्न सहयोग गर्ला ? 
किन नगर्नु ! खाली देखिनको लागि मात्र भए किन यति दुख गरेर संघलाई अगाडि बढाउन पर्थौ र? हाम्रो उद्देश्य भनेको पुँजीबजारको विकासमा कसरी सहयोग पुर्‍याउन सकिन्छ भन्ने हो । हाम्रो संघ काठमाडौँमा मात्र सीमित रहने छैन। हामी आक्रामक रूपमा सातै प्रदेश र ७७ वटै जिल्लामा पुग्ने पहिलो संघ बन्दै छौ र जसरी तपाँइहरुले लगाउने  गरेको आरोप छ की संघ ठुला लगानीकर्ताहरूलाई नेतृत्व गर्छन् ’ यो  आरोपलाई  चिर्दै हामी साना देखि ठुला लगानीकर्ता अर्थात् १५ लाख लगानीकर्ताको नेतृत्व गर्दै छौ । 

त्यस्तै "सेयर बजारको विकासमा नेप्से र सेबोन को भूमिका" भन्ने विषयमा एउटा अन्तरक्रिया कार्यक्रम गर्ने योजनामा छौ। यो कार्यक्रममा पुँजी  बजारका समस्याहरूमा छलफल हुने र ठोस निचोड आउने कुरामा हामी आशावादी छौ ।



➤ तपाईँहरूको  संघमा  लगानीकर्ताको कत्तिको साथ छ ? नयाँ सदस्य बन्ने क्रम कस्तो छ ?

हामीले  सोचे भन्दा धेरै माया र साथ पाइरहेको छौ।  हामीले ४ वटा प्रदेशमा संयोजक तोकेर काम जिम्मा दिइनै सकेका छौँ । संयोजककै नेत्तृत्वमा रहेर धेरै सदस्यहरू बन्ने क्रम जारी छ।  केही दिन भित्रै हामीले बाँकी ३ वटा  प्रदेशमापनि संयोजक तोक्ने छौ।  

सदस्यताकोलागि मेरो म्यासेन्जर र भाइवरमा धेरै साथीहरूको मेसेज आइरहेको हुन्छ। कति साथीहरूले "फर्म सेण्ड गरेको छु रेस्पोन्स गर्नु भएन " भनेर कल र मेसेज  आउँदा धेरै खुसी लाग्छ । 

विदेशमा रहनु हुने मित्रहरूले  माया र विस्वास गरेर हामीसँग जोडिन खोज्नुहुँदा यो मन अत्यन्त खुशी हुन्छ । जसले बुझ्नु भएको छ उहाँहरु भन्दापनि जो बजारमा अनविज्ञ हुनुहुन्छ उहाँहरुपनि हाम्रो सदस्य बन्न आतुर हुनुहुन्छ ।  

 तपाईँहरू पुँजी बजार विकास र विस्तारका लागि देश दौडाहामा जाँदै हुनुहुन्छ रे ? कहिले देखि हो भन्न मिल्छ ? 
यो आर्थिक वर्ष भित्रमा सातै प्रदेशमा सेयर शिक्षा सम्बन्धी क्रार्यक्रम लिएर पुग्ने लक्ष्यका साथ अगाडि बड्दैछौ  र ७७ जिल्लामा हामी बिस्तारै पुग्नेछौ। त्यस कारण तपाईँ ढुक्क हुनु होस हाम्रो सङ्घको उपस्थित देशभरि नै  हुनेछ । 

➤अन्त्यमा के भन्न चाहनुहुन्छ ? 
सेयरमा लगानी गर्दा बुझेर मात्र लगानी गर्नुस्, साथीभाइको सङ्गतमा लागेर हचुवाको भरमा लगानी गर्दै नगर्नु होला । शेयर बजारमा प्रवेश गरेपछि जोखिम न्यूनीकरणमापनि हामीले ध्यान दिनु पर्छ।  जसले शेयर बजारमा जोखिम न्यूनीकरण गर्न जान्दछ अन्त्यमा उसकै जित हुन्छ  ।   
महिला दिदी बहिनीहरु जो गृहणी हुनुहुन्छ, दिउँसो खाली रहेको समयलाई सदुपयोग गर्दै स्वयम् आत्मनिर्भर बन्नुहोस् । 

राज्यलेपनि  पुँजीवजारलाई हेर्ने दृष्टिकोण बदल्नु पर्छ । यो सेन्सेटिभ मार्केट हो । यसलाई राजनैतिक आवरणमा हुने खिचातानीले ज्यादै ठुलो प्रभाव पार्ने गर्छ। त्यसैले विशिष्ट व्यक्तित्वहरूले विभिन्न कार्यक्रममा बोल्दा पूँजीबजरलाई क्षति हुने गरी नवोलिदिनुहोला । 

अब साधारण  सभाको समय आउँदै छ, सूचीकृत कंम्पनीहरु जसले समयमानै  वार्षिक साधारण सभा गर्दैनन्  सञ्चालकलाई कडा दण्ड दिने व्यवस्था ऐनमा राख्नकोलागी तपाईँको मिडिया  मार्फत धितो पत्र बोर्डलाई अनुरोध गर्दछु ।

सेयरमा लगानी गर्दा बुझेर मात्र लगानी गर्नुस्, साथीभाइको सङ्गतमा लागेर हचुवाको भरमा लगानी गर्दै नगर्नु होला । शेयर बजारमा प्रवेश गरेपछि जोखिम न्यूनीकरणमापनि हामीले ध्यान दिनु पर्छ।  जसले शेयर बजारमा जोखिम न्यूनीकरण गर्न जान्दछ अन्त्यमा उसकै जित हुन्छ  ।  



Pages