"नेपाल टेलिकम"; बलियो हुदा हुदैपनि किन पर्छ सधै छायाँमा ; हेरौ कम्पनी विस्लेषण - Lagani News

Post Top Ad

Monday, August 13, 2018

"नेपाल टेलिकम"; बलियो हुदा हुदैपनि किन पर्छ सधै छायाँमा ; हेरौ कम्पनी विस्लेषण


लगानीन्युज/काठमाडौँ : नेपालको शेयर बजारमा सूचीकृत कम्पनी मध्य सबै भन्दा धेरै पुँजी भएको कम्पनी हो नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम )। सरकारको ९१ प्रतिशत हिस्सा रहेको यस कम्पनीमा ९ प्रतिशत शेयर बजारमा फ्लोट  छ।  हेरौ चौथो त्रैमासको रिपोर्टको आधारमा लगानीन्युज टीमले गरेको विस्लेषण :

पुँजी भन्दा धेरै खुद नाफा :
नेपाल टेलिकमको पुँजी १५ अर्ब छ, पुँजी धेरै भएपनि कम्पनीले नाफा भने आफ्नो पुँजी भन्दा धेरै कमाएको छ।
कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासको वित्तीय प्रतिवेदन अनुसार कम्पनीले १५ अर्ब ६६ करोड कमाएको छ।  आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले १५ अर्ब ३७ करोड कमाएको थियो।

पुँजी भन्दा धेरै जगेडा :
नेपाल टेलिकमको जगेडा कोषमा ८३ अर्ब ४७ करोड रुपैया छ।  जगेडा कोष ७६ अर्ब ३३ करोड बाट वृद्धि भएको हो।  पुँजीको अनुपातमा धेरै नै जगेडा भएकाले कम्पनी यो मानेमा बलियो छ।

प्रति शेयर आम्दानी १०० माथि :
खुद नाफामा आएको वृद्धि सँगै कम्पनीको प्रति शेयर आम्दानीमा  पनि वृद्धि देखिएको छ। कम्पनीको  प्रति शेयर आम्दानी १०२ दशमलव ४९रुपैया बाट वृद्धि भएर १०४ दशमलव ४५ रुपैयाँ  पुगेको छ।

सेवा बिक्री बाटको आम्दानी घट्यो :
कम्पनीको सेवाबाट प्राप्त गर्ने आम्दानी भने सामान्य घटेको छ, सेवा बिक्रीबाट कम्पनीले ३९ अर्ब ३२ करोड कमाएको छ तर  आर्थिक वर्ष ७३/७४ मा सो आम्दानी ४० अर्ब ३४ करोड थियो।  तर अन्य शीर्षकको आम्दानी वृद्धि भएकाले कम्पनीको जम्मा आम्दानी भने वृद्धि भयो।

मूल्य आम्दानी अनुपात  ७ गुणा :
सोमबार कम्पनीको शेयर मूल्य प्रति कित्ता ७३० रुपैयाँमामा कारोबार बन्द भएको थियो। कम्पनीको बजार मूल्य र प्रति शेयर आम्दानीलाई  दाजेर हेर्दा कम्पनीको मूल्य आम्दानी अनुपात  ६ दशमलव ९८   गुणा आउँछ आउँछ।  मूल्य आम्दानी अनुपात  हेर्दा कम्पनी सस्तो छ।

बुक भ्यालु बजार मूल्य नजिकै :
चौथो त्रैमासको  विवरण अनुसार कम्पनीको प्रति शेयर नेटवर्थ  ६५६ रुपैयाँ छ जसलाई बुक भ्यालु भन्ने चलन पनि छ।  कम्पनीको बजार मूल्य र बुक भ्यालुको अनुपात निकाल्दा १  दशमलव ११ गुणा आउँछ।

किन लगानीकर्ताको रोजाईमा पर्दैन :
नेपाली बजार बोनस र हकप्रद शेयरले धेरै हत सम्म चलाएको छ।  नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको लाभास इतिहास हेर्ने हो भने आज सम्म कम्पनीले नगद लाभास मात्र प्रदान गर्दै आएको छ।  बोनस मात्र प्रतिफल मान्ने हाम्रो शेयर बजारमा कम्पनी बलियो हुँदा हुँदै पनि  छायामा पर्दै आएको छ।
त्यस्तै अहिले बैङ्कमा व्याज दर उच्च छ।  मुद्दती निक्षेपमा राम्रो प्रतिफल पाउँदै आएका लगानीकर्ताको चासो नगद लाभास मात्र दिने नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सेयरमा नपरेको प्रस्ट देखिन्छ।

हेरौँ लाभास इतिहास :

नेपाल टेलिकम कसलाई ठिक कसलाई बेठीक ?
नेपाल टेलिकमको शेयर मूल्यमा ठुलो उतारचढाव देखिँदैन।  जसले  गर्दा कारोबारीहरू जो छिटो छिटो कारोबार गरेर नाफा बुक गर्न खोज्छन् उनीहरूलाई नेपाल टेलिकम त्यति उपयुक्त शेयर मानिँदैन तर लाभास र पोर्टफोलियो व्यवस्थापनमा  विश्वास गर्ने लगानीकर्ताको लागी भने नेपाल टेलिकम राम्रो शेयर हुन सक्छ। समस्त बजार वृद्धि हुदा नेपाल टेलिकमबाट राम्रो क्यापिटल गेन नभएपनि बजार घट्दा भने जोखिम न्युनिकरणका लागि नेपाल टेलिकम जस्ता शेयर निकै महत्तोपुर्ण औजार देखिन्छ। 
















Pages