सगरमाथा इन्स्योरेन्सको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक ; पुँजी ८६ प्रतिशतले थप्नु पर्ने - Lagani News

Latest


Post Top Ad

Tuesday, August 28, 2018

सगरमाथा इन्स्योरेन्सको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक ; पुँजी ८६ प्रतिशतले थप्नु पर्ने



लगानीन्युज/काठमान्डौ :सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष ७४/७५ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। आर्थिक वर्ष ७४/७५ मा कम्पनीले ३३  करोड ३०  लाख रुपैया खुद नाफा गरेको  छ। आर्थिक वर्ष ७३/७४ मा कम्पनीले २७  करोड ६२  लाख कमाएको थियो। 

कम्पनीको पुँजी ५३  करोड ८२ लाख छ। बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई १ अर्ब पुँजीको लक्ष्य दिएकोमा सगरमाथा इन्स्योरेन्स सो पुँजीको लक्ष्य हासिल गरिसकेको अवस्था छैन । कम्पनीले अझै ८६  प्रतिशतले आफ्नो  पुँजी वृद्धि गर्नु  पर्ने छ।  

कम्पनीको प्रति शेयर आम्दानी भने ५१   रुपैया ३१  पैसाबाट वृद्धि भएर  ६१  रुपैया ८८  पैसा पुगेको छ। 

हेरौ चौथो त्रैमासको वित्तीय विवरण :




Pages