प्रभु इन्स्योरेन्सको वास्तविक प्रति शेयर आम्दानी कति ? हेरौ वित्तीय प्रतिवेदन ! - Lagani News

Post Top Ad

Tuesday, August 14, 2018

प्रभु इन्स्योरेन्सको वास्तविक प्रति शेयर आम्दानी कति ? हेरौ वित्तीय प्रतिवेदन !


लगानीन्युज/काठमाडौँ : प्रभु  इन्स्योरेन्सले आर्थिक वर्ष ७४/७५ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

आर्थिक वर्ष ७४/७५ मा प्रभु इन्स्योरेन्सले २२  करोड १५ लाख रुपैया कमाएको छ।  आर्थिक वर्ष ७३/७४ मा कम्पनीले १६ करोड ४७ लाख रुपैया कमाएको थियो।

कम्पनीले वित्तीय विवरण प्रकाशित गर्दा  ६८ करोड ८४ लाख पुँजी  देखाएको छ  तर प्रकाशित वित्तीय विवरणमा कम्पनीको ४६ प्रतिशत हकप्रद समायोजन भएको छैन।  ४६ प्रतिशत हकप्रदलाई पुँजीमा  समायोजन गर्दा कम्पनीको पुँजी १ अर्ब ५० लाख  पुग्छ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई १ अर्ब पुँजीको लक्ष्य दिएकोमा प्रभु इन्स्योरेन्सले सो पुँजीको लक्ष्य हासिल गरिसकेको अवस्था छ।
  
कम्पनीको प्रकाशित प्रति  शेयर आम्दानी  ३२ रुपैया छ भने हकप्रद शेयरलाई पुँजीमा समायोजन गर्दा वास्तविक प्रति शेयर आम्दानी २२ रुपैया आउछ  । 

हेरौ चौथो त्रैमासको वित्तीय विवरण :



Pages