लगानीन्युज/काठमान्डौ:
यो साता नेपाल स्टक एक्सेन्जमा १२ वटा कम्पनीहरुको ५ करोड ६९ कित्ता शेयर सूचीकृत भएका छन् । सबै भन्दा धेरै हिमालयन बैंक लिमिटेडको १ करोड ६२ लाख कित्ता बोनस शेयर सुचिकृत भएको छ ।
त्यस्तै यसै साता एनएमबी बैंकको थप निस्काशन (FPO ) समेत सुचिकृत भएको छ। एनएमबी बैंकको १ करोड १४ लाख कित्ता शेयर सुचिकृत भएको छ। यसै साता नाडेप लघुवित्तको १६ लाख कित्ता प्रथामिक शेयरपनि सुचिकृत भएको जानकारी नेप्सेले दिएको छ।
यति धेरै कम्पनीका शेयर एकै पटक सुचिकृत हुदा पक्कैपनि यसले बजारमा शेयरको आपूर्ति वृद्धि गर्ने नै छ। आपूर्तिको कारणले घट्दै गरेको बजारमा यसरी धेरै संख्यामा शेयर सुचिकृत हुदा पक्कैपनि बजारलाई प्रेसर आउने देखिन्छ ।
हेरौ सम्पूर्ण तथ्याङ्क तालिकामा :