रास्ट्रिय स्तरका विकास बैंक मध्य "अन्डरभ्यालुड" ६ विकास बैंक - Lagani News

Post Top Ad

Saturday, August 4, 2018

रास्ट्रिय स्तरका विकास बैंक मध्य "अन्डरभ्यालुड" ६ विकास बैंक





लगानीन्युज/काठमाडौँ :  विकास बैंकहरुको चौथो त्रैमास प्रतिवेदन धमाधम आउने क्रम जारी छ । चौथो त्रैमासको  प्रतिवेदनमा  विकास बैंकहरुले राम्रो रिपोर्ट पस्किन सफल भएतापनि  शेयर मूल्यमा भने वृद्धि देखिन सकेको छैन । हकप्रद र बोनसले निम्त्याएको आपूर्तिको चापको कारणले गर्दा अन्य क्षेत्र जस्तै विकास बैंकको शेयर मूल्यपनि प्रभावित बनेको छ।  

प्रकाशित चौथो त्रैमासको वित्तीय प्रतिवेदन अनुसार राष्ट्रिय स्तरका विकास बैङ्क मध्य ६ वटा विकास बैङ्कको मूल्य आम्दानी अनुपात १० वा सो भन्दा मुनी छ।  मूल्य आदानी अनुपातले कम्पनीको आम्दानी (प्रति शेयर आम्दानी ) भन्दा  कति गुणा बजार मूल्य छ भनेँ कुरा देखाउँछ । मूल्य आम्दानी अनुपात धेरै हुनु भनेको कम्पनी "ओभरभ्यालुड" जोनमा पुग्नु हो भने मूल्य आम्दानी अनुपात थोरै हुनु भनेको कम्पनी "अन्डरभ्यालुड" जोनमा पुग्नु हो । सामान्यतया १० देखी २० सम्मको मूल्य आम्दानी अनुपातलाई राम्रो भनिन्छ।   

हेरौ आम्दानी(प्रति शेयर आम्दानी) र बजार मूल्यको हिसाबले "अन्डरभ्यालुड" राष्ट्रिय  स्तरका विकास बैंक :
*मूल्य आम्दानी अनुपात गणना गर्दा बिहीवारको बजार मूल्य लागिएको छ।  

बिहीबारको बजार मूल्यलाई आधार मान्दा सबै भन्दा सस्तो विकास बैङ्कमा लुम्बिनी विकास बैङ्क र महालक्ष्मी विकास बैङ्क पर्दछन्। लुम्बिनी विकास बैङ्कको मूल्य आम्दानी अनुपात ८ दशमलव ५३ गुणा रहेको छ भने महालक्ष्मी विकास बैङ्कको मूल्य आम्दानी अनुपात ८ दशमलव ७३ गुणा रहेको छ। यी दुई विकास बैङ्क सबै भन्दा सस्ता राष्ट्रिय स्तरको विकास बैङ्क भए पनि यी दुई विकास बैङ्कको खराब कर्जा प्रतिशत भने धेरै छ। 
लुम्बिनी विकास बैङ्कको खराब कर्जा २ दशमलव ७५ प्रतिशत छ भने महालक्ष्मी विकास बैङ्कको खराब कर्जा ३ दशमलव ८८ प्रतिशत  रहेको छ।  

महालक्ष्मी र लुम्बिनी विकास बैंक बाहेक १० गुणाको हाराहारीमा मूल्य आम्दानी अनुपात भएका ४ वटा विकास बैङ्क छन्।  कामना सेवा, गरिमा, गण्डकी र ओमको मूल्य आम्दानी अनुपात १० को हाराहारीमा छन्।  यी ४ वटा विकास बैङ्क मध्ये सबै भन्दा धेरै प्रति शेयर आम्दानी गण्डकी विकास बैङ्कको रहेको छ। गण्डकीको प्रति शेयर आम्दानी १८ रुपैया २४ पैसा रहेको छ। राम्रो  कुरा के भने यी चारै वटा विकास बैङ्कको खराब कर्जा १ प्रतिशत भन्दा मुनी छ।  

हेरौ मूल्य आम्दानी अनुपात १० वा मुनी भएका ६ वटा रास्ट्रिय स्तरका विकास बैंकको वित्तिय अवस्था :
श्रोत : चौथो त्रैमास रिपोर्ट 





Pages