शुक्रबारबाट कोटेश्वरमा तीन दिने शेयर तालिम सुरु हुदै - Lagani News

Post Top Ad

Sunday, July 29, 2018

शुक्रबारबाट कोटेश्वरमा तीन दिने शेयर तालिम सुरु हुदै




लगानीन्युज/काठमाडौँ:  शुक्रबारबाट साईन्टिफिक लर्निङ्ग सेन्टरको आयोजनामा कोटेश्वरमा शेयर बजार सम्बन्धी तीन दिने आधारभूत शेयर तालिम संचालन हुदै छ ।

तालिम शुक्रबार, शनिबार र आईतबार गरी तीन दिन सम्म बेलुका ४ बजे देखि ६ बजे सम्म संचालन हुने  आयोजकले जानकारी दिएको छ ।

"अहिले सम्म दुई  व्याच आधारभूत शेयर तालिम सम्पन्न गरिसकेका छौ, छोटो समयमा हामीले लगानीकर्ताको मन जित्न सफल भएका छौ " आयोजक साईन्टिफिक लर्निङ्ग सेन्टरको तर्फबाट उत्सव  ढकालले जानकारी दिनु भयो । 


शेयर बजारलाई नेपाली लगानीकर्ता माझ  फैलाउन आफुहरु लागिपरेको उत्सव ढकाल बताउछन् । उनी भन्छन " हामीले निकै सस्तो शुल्कमा नव प्रवेशीको लागि शेयर तालिम दिदै आएको अवस्था छ , यो अभियानमा सबैको साथ सहयोगको अपेक्षा गरेका छौ । "
  


Pages