कुन जीवन बीमा कम्पनीको कति प्रतिशत पुँजी वृद्धि हुन बाँकी ? कसरी पुर्याउदै छन पुँजी ? - Lagani News

Latest


Post Top Ad

Thursday, August 16, 2018

कुन जीवन बीमा कम्पनीको कति प्रतिशत पुँजी वृद्धि हुन बाँकी ? कसरी पुर्याउदै छन पुँजी ?


लगानीन्युज/काठमाडौँ : बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई  २ अर्ब पुँजीको लक्ष्य दिएको थियो।  नयाँ  जीवन बीमा कम्पनीहरुले भने प्राथमिक निस्काशन (आईपीओ ) को सहायताले २ अर्ब पुँजीको लक्ष्य हासिल गर्दै छन्।

नेप्सेमा सुचिकृत जीवन बीमा कम्पनीहरु मध्य दुई  बीमा कम्पनीहरुले मात्र बीमा समितिले तोकेको २ अर्ब पुँजीको लक्ष्य हासिल गरेको  अवस्था छ।

नेपाल लाईफले आफ्नो पुँजी ४ अर्ब ३९ करोड पुर्याएको छ भने नेशनल लाईफको ६० प्रतिशत हकप्रद शेयरको लागि बुक क्लोज भैसकेको हुनाले नेशनल लाईफको पुँजीपनि २ अर्ब ६४ करोड पुगेको छ।  

यता लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (LICN) ले आर्थिक वर्ष  ७३/७४ को  बोनस शेयर प्रस्ताव गरेको छ।  कम्पनीले ३६ प्रतिशत  बोनस शेयर प्रस्ताव गरेको छ।  ३६ प्रतिशत बोनस शेयर पश्चात कम्पनीको पुँजी १ अर्ब ८१ करोड पुग्ने छ।  आर्थिक वर्ष ७३/७४ को बोनसलाई पुँजीमा समायोजन गरे पश्चातपनि कम्पनीको पुँजी अझै १९ करोडले अपुग हुने छ  ।  

यता एसियन लाईफको १० औ वार्षिक साधारण सभाले ६० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने प्रस्ताव पारित गरेको छ।  कम्पनीको हाल पुँजी १ अर्ब २५ करोड छ भने ६० प्रतिशत हकप्रद शेयर पछि कम्पनीको पुँजी २ अर्ब पुग्ने छ।  

यता सूर्या लाईफले ७० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने प्रस्ताव साधारण सभाले पास गरेको  छ।  ७० प्रतिशत हकप्रद पछि कम्पनीको पुँजी १  अर्ब ९२ करोड पुग्ने छ। ७० प्रतिशत  हकप्रद पछिपनि कम्पनीले अझै  ८  करोडले आफ्नो पुँजी वृद्धि गर्नु पर्ने छ।  

सबै भन्दा धेरै पुँजी वृद्धि गर्न बाँकी रहेको जीबन बीमा कम्पनी भनेको गुरास लाईफ रहेको छ।  गुरास लाईफले अझै आफ्न पुँजी २३७ प्रतिशतले वृद्धि गर्नु पर्ने छ।  

यता प्राईम लाईफले भने आफ्नो पुँजी १२ प्रतिशतले वृद्धि गर्नु पर्ने छ।



कम्पनीको पुँजी लग्दा बुक क्लोजपछिको पुँजी  लगिएको हो।  
श्रोत : नेपाल स्टक एक्सेन्ज 

Pages