यो साता एक दिनपनि बढ्न मानेन बजार ! अरु के के भयो ? - Lagani News

Latest

Post Top Ad

Thursday, August 23, 2018

यो साता एक दिनपनि बढ्न मानेन बजार ! अरु के के भयो ?


लगानीन्युज/काठमान्डौ: 
यस साता नेपाल स्टक एक्सचेन्जमा १८५ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १६६२० कारोबारबाट एक अर्ब १७ करोड ७५ लाख ७१ हजार रुपैयाँ बराबरका ४४ लाख २१ हजार नौ सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १७.८४ प्रतिशत कम हो । गत साता १८५ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २२५२० कारोबारबाट एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार रुपैयाँ बराबरका ४५ लाख दुई हजार चार सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

हेरौ साताभरको नेप्से परिसूचक :



साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७.७९ अंकले घटेर अन्तिम दिन ११७८.५० अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३.५४ अंकले घटेर २४८.९९ अंकमा आईपुगेको छ ।

साताका सूचकांकहरु:
(स्पस्ट हेर्न तलको टेबलमा क्लिक गर्नु होला )

यस साता कारोबार रकमको आधारमा एनएमबि बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । एनएमबि बैंक लिमिटेडको ६  करोड ६१ लाख ६० हजार रुपैयाँ बराबरको शेयर कारोबार भयो।

सातामा सर्वाधिक रकमको कारोबार भएका ५ कम्पनीहरु  ः

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यससाता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । 

(नेपाल स्टक ऎक्स्सेञ्जले प्रकाशन गरेको रिपोर्टको आधारमा )

Post Bottom Ad

Pages