शाईन रेसुङ्गाका लगानीकर्ताले यस पटकपनि पाए खुशी ; १८ प्रतिशत बोनस शेयर प्रस्ताव - Lagani News

Latest


Post Top Ad

Thursday, August 30, 2018

शाईन रेसुङ्गाका लगानीकर्ताले यस पटकपनि पाए खुशी ; १८ प्रतिशत बोनस शेयर प्रस्ताव


लगानीन्युज/काठमान्डौ: शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकले  आर्थिक वर्ष ७४/७५ को संचित मुनाफाबाट लगानीकर्तालाई १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनाकालागि शुन्य दशमलव ९५ प्रतिशत नगद लाभास  दिने निर्णय  संचालक समितिले गरेको छ। 

प्रस्तावित लाभास नेपाल रास्ट्र बैंक बाट स्वीकृत र आगामी साधारण  सभाले पारित गर्नु पर्ने छ। 

रास्ट्र बैंकले  १० जिल्ला सम्म कार्य क्षेत्र भएको विकास बैंकलाई १ अर्ब २० करोड पुँजीको लक्ष्य दिएको थियो। बैंकले सो लक्ष्य हासिल गरिसकेको अवस्थामापनि आर्थिक वर्ष ७४/७५को लागि बोनस शेयर  प्रस्ताव गरेको हो । 

शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकको  विगत  हेर्दा पनि बैंकले लगानीकर्तालाई राम्रो प्रतिफल दिदै आएको अवस्था थियो ।  
शाईन रेसुङ्गाको  चुक्ता पुँजी १ अर्ब ३७ करोड रहेको छ।  प्रस्तावित बोनस शेयर पछी कम्पनीको पुँजी १ अर्ब ६२ करोड पुग्ने छ। 



Pages