असार मसान्तसम्म कति बढ्यो व्याज ? - Lagani News

Latest


Post Top Ad

Wednesday, August 22, 2018

असार मसान्तसम्म कति बढ्यो व्याज ?


लगानीन्युज/काठमान्डौ: व्याज दरको मामलामा आर्थिक वर्ष ७४/७५ निकै चर्चित वर्ष रह्यो। लगानीयोग्य रकमको अभाव संगै बजारमा निक्षेप संकलनको प्रतिष्पर्धा नै चल्यो। चर्को प्रतिशतमा निक्षेप संकलन गर्ने होडबाजी चल्दा बैंक- बैंक बिचनै  धेरै  विवाद उत्पन्न भए। सहमतिको विरुद्ध गएर व्याज दर वृद्धि गरेको आरोपमा नेपाल बैंकर्स एशोसिएशनले एनअाईसी एसिया बैंकसित अन्तरबैंक कारोबार नगर्ने निर्णय गरेको थियो  । त्यस्तै आफैले साइन गरेको भद्र सहमतिमा "लुप होल" खोज्दै केही बैंकहरुले घुमाउरो पारामा बढि व्याज लिएको विवादले  पनि बजार ततायो।

आर्थिक वर्ष ७४/७५ मा कति व्याज बढ्यो ?
 आर्थिक वर्ष २०७४ असारमा भारित औसत  निक्षेप दर  ६ दशमलव १५ प्रतिशत थियो भने २०७५  असारमा आएर सो  दर  ६ दशमलव ४९  प्रतिशत पुग्यो। त्यस्तै २०७४ असारमा  भारित औसत  कर्जा दर  ११  दशमलव ३३  प्रतिशत थियो भने २०७५  असारमा आएर सो दर १२  दशमलव ४७   प्रतिशत पुग्यो।

२०७४ असारमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ०.७१ प्रतिशत रहेकोमा २०७५ असारमा ३.७४ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर भने २०७४ असारको ०.६४ प्रतिशतको तुलनामा २०७५ असारमा २.९६ प्रतिशत रहेको छ । अन्य वित्तीय संस्थाहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७४ असारको ४.४७ प्रतिशतको तुलनामा २०७५ असारमा ५.४० प्रतिशत पुगेको छ ।


तथ्यांक श्रोत : नेपाल रास्ट्र बैंक 

Pages