लगानीन्युज/काठमाडौँ:
यस साता नेपाल स्टक एक्सचेन्जमा १८१ कम्पनीहरुको कारोवार भएको छ। यो साता १ अर्ब ७ करोड रुपैयाको कारोवार भएको छ। कारोवार रकम अघिल्लो साता भन्दा १ दशमलव ९४ प्रतिशतले धेरै हो। अघिल्लो साता १ अर्ब ५ करोड बराबरको शेयर कारोवार भएको थियो।
हेरौ यस साताको नेप्से परिसूचक :

श्रोत : नेपाल स्टक एक्सचेन्ज
त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.४० अंकले घटेर २५१.१५ अंकमा आईपुगेको छ ।
यस साता कारोबार रकमको आधारमा माछापुछ्रे बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । माछापुछ्रे बैंक लिमिटेडको ६ करोड ८७ लाख बाराबरको शेयर कारोवार भयो। त्यस्तै एनएमबि बैंक लिमिटेडको ५ करोड ८० लाख बराबरको शेयर किन बेच भयो।
श्रावण महिना भएतापनि शेयर बजारमा उछाल आउन सकेको छैन। कम्पनीले राम्रो वित्तीय प्रतिवेदन आउँदा आउँदै शेयर बजारमा लगानीकर्ताले त्यति चासो नदिएको अवस्था छ। जानकारहरूका अनुसार हकप्रद र बोनस शेयरले ल्याएको आपूर्तिले नै बजार बढ्न मानेको छैन। जब बिस्तारै बोनस र हकप्रद शेयर आउने क्रम कम हुन्छ अनि बजारले बुलिश ट्रेण्ड समात्ने छ ।
शेयरहरूको बजार मूल्य सस्तो हुनु ,कम्पनीको मूल्य आम्दानी अनुपात निकै थोरै हुनुले लामो समय होल्ड गर्ने लगानीकर्ताको लागि राम्रो अवसर भएतापनि कारोबारीहरूलाई भने पर्ख र हेर को अवस्था हुन सक्छ।