यस साता नेप्से परिसूचकमा देखियो वृद्धि कारोवार रकम भने घट्यो - Lagani News

Latest


Post Top Ad

Friday, August 31, 2018

यस साता नेप्से परिसूचकमा देखियो वृद्धि कारोवार रकम भने घट्यो


लगानीन्युज/काठमान्डौ: 
यस साता नेपाल स्टक एक्सचेन्जमा १८० कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ११७८८ कारोबारबाट ८० करोड ३० लाख सात हजार रुपैयाँ बराबरका २५ लाख ४२ हजार सात सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३१.८१ प्रतिशत कम हो । गत साता १८५ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १६६२० कारोबारबाट एक अर्ब १७ करोड ७५ लाख ७१ हजार रुपैयाँ बराबरका ४४ लाख २१ हजार नौ सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५.९७ अंकले बढेर अन्तिम दिन ११८१.६९ अंकमा पुगेको छ ।

हेरौ साताभरको नेप्से परिसूचक :

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.३७ अंकले बढेर २४९.७९ अंकमा आईपुगेको छ ।

साताका सूचकांकहरु:
(स्पस्ट हेर्न तलको टेबलमा क्लिक गर्नु होला )

सातामा सर्वाधिक रकमको कारोबार भएका ५ कम्पनीहरु  ः
यस साता कारोबार रकम (सात करोड ३९ लाख ६० हजार रुपैयाँ) को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड संस्थापक सेयर अग्रस्थानमा रहेको छ । 

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यससाता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । 



(नेपाल स्टक एक्सचेन्जले  प्रकाशन गरेको रिपोर्टको आधारमा )

Pages