वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेपनि रेमिट्यान्स आप्रवाह भने बढ्यो - Lagani News

Latest


Post Top Ad

Wednesday, August 22, 2018

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेपनि रेमिट्यान्स आप्रवाह भने बढ्यो


लगानीन्युज/काठमान्डौ:आर्थिक वर्ष ७४/७५ को तथ्यांकको आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ। आर्थिक वर्ष ७३/७४ मा ३ लाख ९८ हजार नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा कार्यरत थिए भने आर्थिक वर्ष ७४/७५ मा यो संख्या १० दशमलव १ प्रतिशतले घटेर ३ लाख ५८ हजार पुगेको छ।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेपनि विप्रेषण आप्रवाह (रेमिट्यान्स ) भने वृद्धि भएको छ। आर्थिक वर्ष ७४/७५ मा नेपालमा विप्रेषण आप्रवाह ८ दशमलव ६ प्रतिशतले वृद्धि भएर ७५५ अर्ब ६ करोड पुगेको छ।

Pages