लगानीन्युज/काठमान्डौ: यस साता नेपाल स्टक एक्सचेन्जमा १८५ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २२५२० कारोबारबाट एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार रुपैयाँ बराबरका ४५ लाख दुई हजार चार सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५६.१० प्रतिशत बढी हो ।
गत साता १८१ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १६३७० कारोबारबाट ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँ बराबरका ३६ लाख ४७ हजार आठ सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४६.३८ अंकले बढेर अन्तिम दिन १२१०.३२ अंकमा पुगेको छ ।
यसैगरी समूहगत परिसूचकहरुको उतारचढाव यस प्रकार रहेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ९.६८ अंकले बढेर २५५.३८ अंकमा आईपुगेको छ ।
हेरौ साताभरीको इन्डेक्स :
यस साता कारोबार रकम (सात करोड ८४ लाख रुपैयाँ) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (एक लाख ७५ हजार कित्ता) को आधारमा मेगा बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (१२६५ वटा) को आधारमा आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड अग्रस्थानमा रहेको छ ।
हेरौ कारोवार रकमको आधारमा कुन कम्पनीको भयो धेरै कारोवार ?
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यससाता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।
(नेपाल स्टक ऎक्स्सेञ्जले प्रकाशन गरेको रिपोर्टको आधारमा )