जीवन बीमा कम्पनीहरुको तुलनात्मक अध्ययन; को अगाडी को पछाडी ? - Lagani News

Post Top Ad

Friday, August 17, 2018

जीवन बीमा कम्पनीहरुको तुलनात्मक अध्ययन; को अगाडी को पछाडी ?


लगानीन्युज/काठमाडौँ : नेप्सेमा सुचिकृत ७ वटा पुराना जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष ७४/७५ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेको अवस्था छ। सोही तथ्यांकको आधारमा लगानीन्युज टिमले गरेको एक विस्लेषण :

चुक्ता पुँजीको आधारमा :
बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई  २ अर्ब पुँजीको लक्ष्य दिएको थियो।  नयाँ  जीवन बीमा कम्पनीहरुले भने प्राथमिक निस्काशन (आईपीओ ) को सहायताले २ अर्ब पुँजीको लक्ष्य हासिल गर्दै छन्।

नेप्सेमा सुचिकृत जीवन बीमा कम्पनीहरु मध्य दुई  बीमा कम्पनीहरुले मात्र बीमा समितिले तोकेको २ अर्ब पुँजीको लक्ष्य हासिल गरेको  अवस्था छ।

नेपाल लाईफले आफ्नो पुँजी ४ अर्ब ३९ करोड पुर्याएको छ भने नेशनल लाईफको ६० प्रतिशत हकप्रद शेयरको लागि बुक क्लोज भैसकेको हुनाले नेशनल लाईफको पुँजीपनि २ अर्ब ६४ करोड पुगेको छ।  

यता लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (LICN) ले आर्थिक वर्ष  ७३/७४ को  बोनस शेयर प्रस्ताव गरेको छ।  कम्पनीले ३६ प्रतिशत  बोनस शेयर प्रस्ताव गरेको छ।  ३६ प्रतिशत बोनस शेयर पश्चात कम्पनीको पुँजी १ अर्ब ८१ करोड पुग्ने छ।  आर्थिक वर्ष ७३/७४ को बोनसलाई पुँजीमा समायोजन गरे पश्चातपनि कम्पनीको पुँजी अझै १९ करोडले अपुग हुने छ  ।  

यता एसियन लाईफको १० औ वार्षिक साधारण सभाले ६० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने प्रस्ताव पारित गरेको छ।  कम्पनीको हाल पुँजी १ अर्ब २५ करोड छ भने ६० प्रतिशत हकप्रद शेयर पछि कम्पनीको पुँजी २ अर्ब पुग्ने छ।  

यता सूर्या लाईफले ७० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने प्रस्ताव साधारण सभाले पास गरेको  छ।  ७० प्रतिशत हकप्रद पछि कम्पनीको पुँजी १  अर्ब ९२ करोड पुग्ने छ। ७० प्रतिशत  हकप्रद पछिपनि कम्पनीले अझै  ८  करोडले आफ्नो पुँजी वृद्धि गर्नु पर्ने छ।  

सबै भन्दा धेरै पुँजी वृद्धि गर्न बाँकी रहेको जीबन बीमा कम्पनी भनेको गुरास लाईफ रहेको छ।  गुरास लाईफले अझै आफ्न पुँजी २३७ प्रतिशतले वृद्धि गर्नु पर्ने छ।  

यता प्राईम लाईफले भने आफ्नो पुँजी १२ प्रतिशतले वृद्धि गर्नु पर्ने छ।

चुक्ता पुँजी लिदा मूल्य समायोजन पछिको चुक्ता पुँजी लगिएको हो


जगेडा कोषको आधारमा :
जगेडा कोषको आधारमा नेपाल लाईफ इन्स्योरेन्स अगाडी छ। नेपाल लाईफको जगेडा कोषमा ३ अर्ब ४७ करोड छ भने सबै भन्दा थोरै जगेडा कोषमा रकम गुराँस लाईफ इन्स्योरेन्सको छ। गुराँस लाईफको जगेडामा २४ करोड ५९ लाख रुपैया छ।

जीवन बीमा कोषको आधारमा :
जीवन बीमा  कोषको आधारमा नेपाल लाईफ इन्स्योरेन्स अगाडी छ। नेपाल लाईफको जीवन बीमा  कोषमा ५०  अर्ब ४९  करोड छ भने सबै भन्दा थोरै जीवन बीमा कोषमा रकम सूर्या  लाईफ इन्स्योरेन्सको छ। सूर्या  लाईफको जीवन बीमा  कोषमा ३ अर्ब  ५८  करोड  रुपैया छ।


कुल र खुद बीमा शुल्क आर्जन रकम :
कुल बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाईफ अगाडी छ।  नेपाल लाईफले १६ अर्ब १७ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने १६ अर्ब १ करोड खुद बीमा शुल्क आर्जन गरेको छ।
सबै भन्दा थोरै बीमा शुल्क आर्जन गर्नेमा गुरास लाईफ पर्दछ।  





बीमा लेख संख्याको आधारमा :
कुल कायम रहेको बीमा लेख संख्याको आधारमा नेपाल लाईफ अगाडी छ ।  नेपाल लाईफ संग ११ लाख ५२ हजार कुल कायम रहेका बीमा लेख छन ।


खुद नाफा र प्रति शेयर आम्दानीको आधारमा :
खुद नाफाको आधारमा नेपाल लाईफ अगाडी छ । नेपाल लाईफले आर्थिक वर्ष ७४/७५ मा ४७ करोड ९२ लाख कमाएको छ । कम्पनीको प्रति शेयर आम्दानी भने १० रुपैया ९ पैसा छ।    



प्रति शेयर आम्दानी गणना गर्दा मूल्य समायोजन भैसकेपछीको पुँजीको आधारमा गरिएको छ 

किताबी मुल्यको आधारमा : 
प्रति शेयर नेटवर्थ ( किताबी मूल्यको)  आधारमा नेपाल लाईफ अगाडी छ।  नेपाल लाईफको  प्रति शेयर किताबी मूल्य १८८ रुपैया छ।  
त्यस्तै सबै भन्दा थोरै प्रति शेयर किताबी मूल्य एसियन लाईफको छ।  एसियन लईफको किताबी मूल्य १२० रुपैया छ।  


हेरौ सबै तथ्यांक एकै ठाउँमा : (स्पस्ट हेर्न तलको तस्विरमा क्लिक गर्नु होला ) 
नोट : एक्चुअरी मुल्यांकन पश्चात् मात्र जीवन बीमा कम्पनीको वास्तविक आम्दानी र लाभास दिने क्षमताको चित्रण हुन्छ । जीवन बीमा कम्पनीहरुको यो नै अन्तिम आम्दानी होइन । 

Pages