साताको अन्तिम दिनको बजार "इन्ट्राडे हाई " मा बन्द - Lagani News

Latest


Post Top Ad

Thursday, August 30, 2018

साताको अन्तिम दिनको बजार "इन्ट्राडे हाई " मा बन्द


लगानीन्युज/काठमाडौँ : साताको अन्तिम दिन आज नेप्से परिसूचक ९ दशमलव ३९ अकले बढेर   ११८१   दशमलव ६९ को विन्दुमा पुगेको छ। आज २१  करोड ४७ लाख बराबरको शेयर खरिद बिक्री भयो। कारोवार रकम  बुधवारको तुलनामा बढेको देखिन्छ।

आज  होटल बाहेक  सबै  उपसुचकमा वृद्धि   देखियो । सबै भन्दा  धेरै निर्जीवन बीमा  कम्पनीको उपसूचकमा  एक   दशमलव १   प्रतिशतको वृद्धि  देखियो।  

आज सबै भन्दा धेरै एनआसीएसिया बैंकको शेयर किनबेच भयो। एनआसी एसिया बैंकको  २   करोड ९   लाख बराबरको  शेयर किनबेच  भयो।


आज नाडेप लघुवित्तको शेयर मूल्य सबै भन्दा धेरै ८   दशमलव ८८ प्रतिशतले बढ्यो भने सप्तकोशी डेभलपमेन्ट  को शेयर  मूल्य  ३   दशमलव ४१  प्रतिशतले घट्यो ।

आज बजारको  उच्च    विन्दु  ११८१ दशमलव ६९  रहेकोमा बजार त्यही  विन्दुमा बन्द भएको छ।



Pages