कुन निर्जीवन बीमा कम्पनीको कति प्रतिशत पुँजी वृद्धि गर्न बाँकी ? - Lagani News

Latest


Post Top Ad

Tuesday, August 21, 2018

कुन निर्जीवन बीमा कम्पनीको कति प्रतिशत पुँजी वृद्धि गर्न बाँकी ?


लगानीन्युज/काठमाडौँ : बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई  १ अर्ब पुँजीको लक्ष्य दिएको थियो।  नेप्सेमा सुचिकृत निर्जीवन बीमा कम्पनीहरु मध्य चार  निर्जीवन बीमा कम्पनीहरुले मात्र बीमा समितिले तोकेको १ अर्ब पुँजीको लक्ष्य हासिल गरेको  अवस्था छ।

१५ निर्जीवन बीमा कम्पनी मध्य प्रभु इन्स्योरेन्स, नेको  इन्स्योरेन्स, शिखर  इन्स्योरेन्स, हिमालयन जनरल  इन्स्योरेन्सले मात्र बीमा समितिले तोकेको पुँजीको लक्ष्य हासिल गरेको अवस्था छ । बाँकी  बीमा कम्पनी भने १ अर्ब पुँजी पुर्याउन सकेको अवस्था  छैन  ।

सबै भन्दा धेरै पुँजी वृद्धि गर्न बाँकी एभेरेस्ट इन्स्योरेन्स रहेको छ। एभेरेस्ट इन्स्योरेन्सले अझै आफ्नो पुँजी ६४८ प्रतिशतले वृद्धि गर्न बाँकी छ। एभेरेस्ट इन्स्योरेन्सको पुँजी वृद्धिको बाटो तय भएको छ। सुरुमा १०५ प्रतिशत संस्थापक हकप्रद र त्यसपछि  ३०० प्रतिशत हकप्रद बिक्री गरे पश्चात इन्स्योरेन्सले १ अर्ब चुक्ता पुँजीको लक्ष्य हासिल  गर्ने  छ।

रास्ट्रिय बीमा कम्पनीले २७५ प्रतिशतले र युनाईटेड  इन्स्योरेन्सले २३१ प्रतिशतले आफ्नो  पुँजी वृद्धि गर्न बाँकी छ।

हेरौ निर्जीवन बीमा कम्पनीको वर्तमान पुँजीको अवास्था :
तलको टेबल स्पस्ट हेर्न टेबलमा क्लिक  गर्नु होला। 


नोट : कम्पनीको पुँजी लग्दा नेप्सेबाट उपलब्ध बुक क्लोजपछिको चुक्ता पुँजी लगिएको हो।  

Pages