लगानीन्युज/काठमान्डौ : नेपाल पूँजीबजार लगानीकर्ता संघले भाद्र १५ गते शुक्रबार जनकपुरमा “ वर्तमान सेयर बजारका अवसर तथा चुनौतीहरु ” विषयक अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ ।
प्रदेश नं. २ का मूख्य मन्त्री, नेपाल राष्ट्र बैंक जनकपुरका निर्देशक साथै प्रदेश नं. २ का विभिन्न पेशा व्यवसायमा आवद्ध महानुभावहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भयो ।
नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष सुश्री राधा पोखरेलका अनुसार जनकपुरमा एउटा पनि शेयर कारोवार गर्न ब्रोकर कार्यालय नहुनुले यहाँका लगानीकर्तालाई निकै अप्ठेरो परेको र यो विषयलाई सम्बन्धित ठाउँमा पुर्याउन नेपाल पूँजीबजार लगानीकर्ता संघले कुनै कसरत नछोड्ने कुराको जानकारी दिनु भयो।
अध्यक्ष राधा पोखरेलका अनुसार नेपाल पूँजीबजार लगानीकर्ता संघले सातै प्रदेशमा अन्तरक्रिया कार्यक्रम संचालन गर्ने छ।