ङादी ग्रुप पावर लिमिटेडले वितरण गर्ने १० प्रतिशत नगद लाभास सुरक्षित गर्ने आज अन्तिम दिन - Lagani News

Latest


Post Top Ad

Tuesday, August 28, 2018

ङादी ग्रुप पावर लिमिटेडले वितरण गर्ने १० प्रतिशत नगद लाभास सुरक्षित गर्ने आज अन्तिम दिन


लगानीन्युज/काठमान्डौ: 
 ङादी ग्रुप पावर लिमिटेडले  वार्षिक साधारण सभामा वितरण गर्ने १० प्रतिशत नगद लाभास सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।  साधारण सभा प्रयोजनाका लागि  भाद्र १४ गते बुक क्लोज मिति तय गरिएको छ।  भाद्र १३ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउने र नगद लाभास  प्राप्त गर्ने  छन्।

ङादी ग्रुप पावर लिमिटेडको  संचालक समितिको  बैठकले  असोज ४ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको थियो।  साधारण सभामा कम्पनीले आर्थिक वर्ष ७४/७५ को संचित मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत नगद लाभास(कर बाहेक ) दिने प्रस्ताव लैजादै छ। 


 गत आर्थिक वर्ष ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय भएको तर सो हकप्रद शेयर निस्काशन नभएकाले आर्थिक वर्ष ७४/७५ मा कायम हुने पुँजीको ३० प्रतिशत हकप्रद शेयर निस्कासनका लागि साधारण सभामामा छलफल हुने छ।  



Pages