लगानीन्युज/काठमाडौँ : ङादी ग्रुप पावर लिमिटेडको श्रावन ३१ गते बसेको संचालक समितिको बैठकले भाद्र २७ गते बुधवार वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ।
साधारण सभामा कम्पनीले आर्थिक वर्ष ७४/७५ को संचित मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत नगद लाभास(कर बाहेक ) दिने प्रस्ताव लैजादै छ।
साधारण सभा प्रयोजनाका लागि भाद्र १४ गते बुक क्लोज मिति तय गरिएको छ। भाद्र १३ गते सम्म कायम शेयर धनीले साधारण सभामा भाग लिन पाउने छन्।