फर्स्ट माइक्रो भयो लाभास प्रस्ताव गर्ने फर्स्ट कम्पनी; १२ दशमलव ६३ प्रतिशत नगद लाभास दिने - Lagani News

Latest

Post Top Ad

Tuesday, August 7, 2018

फर्स्ट माइक्रो भयो लाभास प्रस्ताव गर्ने फर्स्ट कम्पनी; १२ दशमलव ६३ प्रतिशत नगद लाभास दिने


लगानीन्युज/काठमाडौँ : फर्स्ट माइक्रोफाइनान्स आर्थिक वर्ष  ७४/७५ को नाफाबाट लाभास प्रस्ताव गर्ने पहिलो कम्पनी भएको छ ।  नेपाल स्टक एकसेञ्जमा प्राप्त सूचना अनुसार कम्पनीको १४० औ सञ्चालक समितिको बैठकले कुल चुक्ता पुँजीको १२ दशमलव ६३ प्रतिशत नगद  लाभास दिने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभास नेपाल राष्ट्र बैङ्कबाट स्वीकृती  र आगामी साधारण सभाबाट पारित हुन् बाँकी छ ।
मङ्गलवार फर्स्ट माइक्रो शेयर ४४८ रुपैयाँमा कारोबार बन्द भएको छ।  लाभासको सूचना आएसँगै आज शेयर मूल्यमा तीव्र गिरावट आएको छ। आज फर्स्ट माइक्रोको शेयर मूल्य ९ दशमलव ३१ प्रतिशतले  घटेको छ।





Post Bottom Ad

Pages