लगानीन्युज/काठमाडौँ : सानिमामाई हाईड्रोपावरले आर्थिक वर्ष ७४/७५ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
२ अर्ब ११ करोड चुक्ता पुँजी भएको कम्पनीले ३० करोड ७३ लाख रुपैयाँ कमाएको छ। कम्पनीले आर्थिक वर्ष ७३/७४ मा २८ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको जगेडा कोष २९ करोड २६ लाख बाट वृद्धि भएर ५९ करोड ७३ लाख पुगेको छ।
प्रमुख आम्दानीको श्रोतमा रहेको विधुत बिक्री आय सामान्य घटेर ७८ करोड ९६ लाख पुगेको छ।
आर्थिक वर्ष ७४/७५ को चौथो त्रैमाससम्म कम्पनीको प्रति शेयर आम्दानी १४ दशमलव ५७ रुपैयाँ छ।
हेरौ आर्थिक वर्ष ७४/७५ को चौथो त्रैमास :