लगानीकर्ताहरुकोलागि एस्एस्प्रो सफ्टवेयर सार्वजनिक, के छन् विशेषता ? - Lagani News

Latest


Post Top Ad

Wednesday, August 29, 2018

लगानीकर्ताहरुकोलागि एस्एस्प्रो सफ्टवेयर सार्वजनिक, के छन् विशेषता ?


लगानीन्युज/काठमान्डौ : नेपालमै पहिलो पटक लगानी क्यालकुलेटर र मार्केटमा लगानीकर्ताको विश्वास मापन गर्ने मार्केट कन्फिडेन्स  मिटर सहित  शेयर संसार डटकमले सफ्टवेयर सार्वजनिक गरेको छ ।

 लगानी गर्नका लागि आवश्यक हुने कम्पनीहरूको आर्थिक विवरणहरू, लाइभ चार्ट सफ्टवेयर, वाचलीस्ट, पोर्ट्फोलियो जस्ता विशेषताहरू रहेको एस्एस्प्रो (SSPRO) सफ्टवेयरमा नेपालमै पहिलो पटक लगानी क्यालकुलेटर र मार्केटमा लगानीकर्ताको  विश्वास मापन  गर्ने मार्केट कन्फिडेन्स मिटर पनि रहेको छ।

कम्पनीहरुले सार्वजनिक गर्ने वित्तीय विवरणहरूको विश्लेषण गरी दैनिक उतार चढाव हुने बजारमा कसरी जोखिम कम गर्न सकिन्छ, त्यसका लागि एस्एस्प्रोमा थुप्रै सुविधाहरू रहेको कम्पनीले जानकारी दिएको छ।

कम्पनीहरुले प्रकाशित नगर्ने तर लगानीको लागि महत्त्वपूर्ण हुने दर्जन भन्दा बढी वित्तीय अनुपातहरू, बजारको गहिरो सँग विश्लेषण गर्ने उपकरणहरू, सामूहिक लगानी कोषहरूको खरिद बिक्रीको विश्लेषण, ब्रोकरहरुको कारोबारको निरीक्षण, र कुन महिना कुन कम्पनी खरिद गर्दा जोखिम कम हुन्छ भनी देखाउने उपकरणहरू एस्एस्प्रोमा छन्।

 शेयर संसारको ढल्को स्थित कार्यालयमा एस्एस्प्रो सार्वजनिक गर्दै कम्पनीका प्रबन्ध निर्देशक सन्दीप विक्रम राणाले भन्नुभयो " शेयर लगानीकर्ताहरूले आफ्नै विवेक प्रयोग गरी, बजारमा फैलाइ्एका हल्लाहरूमा नपरी राम्रो लगानीको योजना आफैँ बनाउन चाहिने सुविधाहरू सबै एस्एस्प्रोमा रहेको छ।"

बजारलाई तल माथि गर्न सक्ने विभिन्न तत्त्वहरूमा नियमित निरीक्षण गर्न नसक्ने लगानीकर्ताहरूको लागि पनि एस्एस्प्रोले नेपालमै पहिलो पटक बजारको विश्वाश मापन गर्ने “मार्केट कन्फिडेन्स मिटर" ल्याएको छ। अहिलेको बजार प्रति लगानीकर्ताहरूको विश्वास कति छ भनी कन्फिडेन्समिटरले ० देखि १०० सम्मको सीमामा देखाउँछ।

आफ्नो लगानीको अहिलेको मूल्य कति, अहिले सम्म कति घाटा कति नाफा भयो, कति लाभांश आर्जन गरियो लगायतका विवरणहरूको लागि एस्एस्प्रोमानै पोर्टफोलियो सफ्टवेयर पनि रहेको छ। यसमा आफ्नो लगानीका साथै आफ्नै घर परिवारकाअन्य सदस्यहरुकोपनि सेयरमा गरिएका लगानीहरूको विवरण राख्न सकिन्छ।

 यति मात्र नभईआफुसँग रहेको कम्पनीहरूको बजारमा अस्वाभाविक रूपमा उतार चढाव भएमा सोको जानकारी पनि एस्एस्प्रोले दिन्छ।

एस्एस्प्रो सफ्टवेयर प्रयोग गर्न pro.sharesansar.com  मा गएर १ वर्षको सदस्यता लिन सकिन्छ र जुनसुकै कम्प्युटर, ल्यापटप वा स्मार्टफोनबाट पनि प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ।


Pages