करिब एक दशकअघि नेपालको शेयर बजार सीमित वर्गको हातमा थियो। मानौँ बजार चलाउने नै त्यही समूह थियो । बजारमा साना लगानीकर्ताहरू उनीहरूलाई फलो गर्थे। साना लगानीकर्ताहरूलाई उनीहरूले 'गाइड'को रुपमा सहयोग गर्नुको साटो उनीहरुलाई आफ्नो गोटी बनाउने गर्थे । आफूले किनेको शेयर सबैलाई किनाउँथे र अरूले किन्न सुरु गरेको बेला आफूले त्यो शेयर फाल्थे ।
बजारको साइज वृद्धि हुँदै गयो । बजारमा केही राम्रो चलखेल गर्नेहरूको हाली मुहाली घट्दै गयो । बजार एक दुई जनाको हातबाट त निस्कियो तर बजार साना र पहुँच नभएका लगानीकर्ताहरूको कहिले हुन सकेन ।लगानीकर्ताको हक हित संरक्षण गर्नेलाई एक दुई संघ त थिए तर उनीहरूले साना लगानीकर्तालाई च्यापेर र बजारको विकासको लागि हिँड्ने नसकेको तितो सत्य हामीसँग थियो।
समय सँगै लगानीकर्ताको हक हितका लागि लड्ने संघ संस्थाहरूको जन्म हुने क्रम सुरु भयो। आजका दिन सम्म शेयर बजारका लागि सक्रिय ४ वटा संघ क्रमश नेपाल इन्भेस्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपाल पुँजी बजार लगानीकर्ता संघ र नेपाल पुँजी बजार संघ निकै जोड तोड सँग लागेको देखिन्छ। लगानीकर्ता संघहरु बजारको लागि सकारात्मक क्रियाकलाप गर्दै आएका छन्।
यदि त्यो समयमा लगानीकर्ता संघहरुले आन्दोलनको घोषणा नगरी लगानीकर्तालाई एक धारमा उभ्याउने कार्य नभएको भए साहेद हामी लगानीकर्ताले फेसबुकमा राज्यलाई गाली गर्नु बाहेक हामीसँग अर्को विकल्प हुँदैन थियो।
राज्य पक्षले बोनस र हकप्रद शेयरको अङ्कित मूल्यमानै पुँजीगत लाभ कर गणना गर्ने भनी एक्कासि निर्देशन दिँदा लगानीकर्ता संघहरुले सो को विरोधको लागि जुन प्रकारको दक्षता देखाएका थिए त्यसलाई सम्पूर्ण लगानीकर्ताहरूले खुला हृदयले स्वागत गर्नै पर्छ। सम्पूर्ण लगानीकर्तालाई एक धारमा उभ्याएर जुन प्रकारको सकारात्मक दबाब दिने कार्य भएको थियो जसले गर्दा राज्य पक्ष सो निर्णय फिर्ता लिन बाध्य भयो। हामी नोक्सानीमापनि कर तिर्न बाध्य हुन परेन। यदि त्यो समयमा लगानीकर्ता संघहरुले आन्दोलनको घोषणा नगरी लगानीकर्तालाई एक धारमा उभ्याउने कार्य नभएको भए साहेद हामी लगानीकर्ताले फेसबुकमा राज्यलाई गाली गर्नु बाहेक हामीसँग अर्को विकल्प हुँदैन थियो। त्यही बेला बजार तीन अङ्कमा आउन सक्थ्यो ।
पुरानो संघ मात्र नभएर नयाँ संघहरुपनि लगानीकर्ताको हक हित संरक्षणको लागि खुला दिलले लागेको पाइन्छ।
एउटा संघले प्रदेश न २ जनकपुरमा मुख्य मन्त्री नै प्रमुख अतिथि राखेर कार्यक्रम आयोजना गर्यो। दोस्रो बजारको सुविधानै नभएको सो ठाउँमा गएर कार्यक्रम गर्नु पक्कै पनि चानचुने कुरा थिएन। सो कार्यक्रमले पक्कै पनि त्यस क्षेत्रको शेयर बजार विकासको लागि सहयोग गर्ने नै छ। सोही संघका उपाध्यक्ष देशभर शेयर शिक्षा फैलाउन अग्रसर छन्। राजधानी केन्द्रित हाम्रो शेयर बजारलाई अलिकता फरक हिसाबमा सो संघ प्रस्तुत भएको पाइन्छ।
अनलाइन कारोबार प्रणालीकोलागि नेप्से, धितोपत्र बोर्ड गएर सकारात्मक दबाब दिन कुनै संघहरुले कसर बाँकी नछोडेको प्रस्ट देखिन्छ ।
अनलाइन कारोबार प्रणाली नेपाली शेयर बजारको लागि एउटा आधारभूत आवश्यकता भैसकेको छ। देश भरको शेयर बजारमा आउँन सक्ने विकेक्द्रित पुँजीलाई एक ठाउँमा केन्द्रित गर्न अनलाइन कारोबार प्रणालीले पक्कैपनि सहयोग गर्ने नै छ। अनलाइन कारोबार प्रणालीकोलागि नेप्से, धितोपत्र बोर्ड गएर सकारात्मक दबाब दिन कुनै संघहरुले कसर बाँकी नछोडेको प्रस्ट देखिन्छ ।
लगानीकर्तासंघका एक नेताले बैङ्कलाई ब्रोकर लाइसेन्स दिनु पर्छ भन्दै अभियान नै चलाए, सो अभियानको प्रतिफल केही हत सम्म प्राप्त भैसकेको छ। राष्ट्र बैङ्कले मौद्रिक नीति मार्फत सो कुराको सम्बोधन गरिसकेको अवस्था छ। यसमा पनि लगानीकर्ता संघ संस्था सफल भएको पाइन्छ।
लगानीकर्ताको बोलीलाई सम्बन्धित ठाउँसम्म पुर्याउने काम गर्ने, बजार विकासका लागि पहल गर्ने, अर्थमन्त्री देखि विभिन्न नेतालाई भेट्ने, लगानीकर्ताका मागहरू सम्बन्धित निकायमा पुर्याउने कार्य गर्ने र शेयर शिक्षा मार्फत शेयर बजार विकासको लागेका संघहरुलाई हामीले अघि बढ्नु दिनु पर्छ ।
यसो भन्दैमा संघले हिजो गरेका सबै कार्य ठिक छन भन्ने नै होइन । हामीले संघलाई सकारात्मक दवाव दिदै लगानीकर्ताको हक हित संरक्षणका लागि अघि बढाउनु पर्छ। हाम्रो जस्तो देश जहा नीतिगत भ्रस्टाचार धेरै छ त्यहाँ लगानीकर्ताहरु जुन सुकै बेलापनि मारमा पर्न सक्छन त्यसका लागि लगानीकर्ताको हक हितका लागि लड्ने एउटा बलियो समुह चाहिन्छ।
यसो भन्दैमा संघले हिजो गरेका सबै कार्य ठिक छन भन्ने नै होइन । हामीले संघलाई सकारात्मक दवाव दिदै लगानीकर्ताको हक हित संरक्षणका लागि अघि बढाउनु पर्छ। हाम्रो जस्तो देश जहा नीतिगत भ्रस्टाचार धेरै छ त्यहाँ लगानीकर्ताहरु जुन सुकै बेलापनि मारमा पर्न सक्छन त्यसका लागि लगानीकर्ताको हक हितका लागि लड्ने एउटा बलियो समुह चाहिन्छ।
सम्पादक
लगानीन्युज