म्याग्दी जिल्लामा शेयर तालिम सम्पन्न - Lagani News

Latest

Post Top Ad

Saturday, September 22, 2018

म्याग्दी जिल्लामा शेयर तालिम सम्पन्न


लगानीन्युज/म्याग्दी: मंगला युथ क्लबको आयोजना र नेपाल पुँजी बजार लगानीकर्ता संघको पहलमा असोज ६ गते शनिवारका दिन म्याग्दी जिल्लामानै पहिलो पटक एक दिने आधारभूत शेयर बजार तालिम सम्पन्न भएको थियो । ५१ जना स्थानीयको सहभागिता सहित तालिम मंगला माविको हलमा सम्पन्न भएको थियो। तालिमका सहभागीहरुलाई निशुल्क डिम्याट खाता खोल्ने व्यवस्थापनि आयोजकले गरेको थियो ।

आयोजक मंगला युथ क्लबका अध्यक्ष विकास केसीका अनुसार "कार्यक्रमले शेयर बजार विस्तार गर्न सहयोग गरेको र स्थानीय जनताले तालिमको भरपुर लाभ लिनुका साथै भोलीका दिनमा शेयर कारोवार जीवन उपयोगी बन्ने अपेक्षा गरेका छौ । " उनी फेरी थप्छन "मंगला युथ क्लबलेआगामी दिनमा यस्तै तालिमहरुको नेत्रित्व गर्दै थप नगर गाउँ तथा वडाहरुमा पनि संचालन गर्दै जाने छौ। "

कार्यक्रमको अन्त्यमा सहभागीहरुको प्रतिनिधित्व गर्दै मंगाला माविका प्रधानाध्यापक गम बहादुर खत्रीले तालिम निकै प्रभावकारी भएको र यसले शेयर बजार केही नजान्नेलाईपनि निकै उपयोगी भएको जानकारी तथा आयोजक र प्रशिक्षक सन्तोष राज बजगाईलाई विशेष धन्यवाद दिनु भयो ।
कार्यक्रममा सन्तोष राज बजगाईले ट्रेनरको भूमिका निर्वाह गर्नु भएको थियो । कार्यक्रममा सहभागी सम्पूर्णलाई प्रमाणपत्र र प्रशिक्षकलाई मायाको चिनो प्रदान गर्दै कार्यक्रम समापन भएको थियो ।

Post Bottom Ad

Pages