
लगानीन्युज/काठमान्डौ : बागलुङ नगरपालिकामा दुई दिने शेयर बजार तालिम आयोजना हुने भएको छ । उक्त कार्यक्रम बागलुङ इन्भेस्टमेन्ट कम्पनी प्रा.लि.को आयोजनामा र नेपाल पुँजी बजार लगानिकर्ता संघका उपाध्यक्ष राजु पौडेलको पहलमा भाद्र २९ र ३० गते शुक्रबार र शनिबाको दिन सञ्चालन गरिने भएको छ । कार्यक्रम होटल पिस प्यालेसमा आयोजना हुने छ ।