यस साता नेप्से परिसूचक र कारोवार रकममा निकै राम्रो सुधार ; के कुरामा ध्यान दिने ? - Lagani News

Latest

Post Top Ad

Friday, September 7, 2018

यस साता नेप्से परिसूचक र कारोवार रकममा निकै राम्रो सुधार ; के कुरामा ध्यान दिने ?



लगानीन्युज/काठमान्डौ: यस साता नेपाल स्टक एक्सचेन्जमा १९३ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३२२८५ कारोबारबाट दुई अर्ब ८८ करोड ५४ लाख ९० हजार रुपैयाँ बराबरका एक करोड दुई लाख ५५ हजार छ सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २५९.३४ प्रतिशत बढी हो । गत साता १८० कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ११७८८ कारोबारबाट ८० करोड ३० लाख सात हजार रुपैयाँ बराबरका २५ लाख ४२ हजार सात सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३९.४९ अंकले बढेर अन्तिम दिन १२२९.७७ अंकमा पुगेको छ ।

हेरौ साताभरको नेप्से परिसूचक :


‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ८.५५ अंकले बढेर २६०.३५ अंकमा आईपुगेको छ ।

साताका सूचकांकहरु:
(स्पस्ट हेर्न तलको टेबलमा क्लिक गर्नु होला )

यस साता कारोबार रकम (२२ करोड ५० हजार रुपैयाँ) को आधारमा एनएमबि बैंक लिमिटेड सेयर अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (छ लाख ६४ हजार कित्ता) र कारोबार संख्या (१५४६ वटा) को आधारमा पनि एनएमबि बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

सातामा सर्वाधिक रकमको कारोबार भएका ५ कम्पनीहरु  ः

यस साता सूचिकरण तर्फ निम्न कम्पनीको शेयर सूचीकृत भएको छ । यस साता जम्मा ६८ लाख ०९ हजार कित्ता  शेयर सुचिकृत भएको छ। 




शेयर बजार सकारात्मक ट्रेन्डमा छ भन्दैमा कम्पनीको आधारभूत कुरा नै नहेरी लगानी गर्दा जोखिम बढ्न  जान्छ।  आधारभूत रुपमा बलियो कम्पनी किन्दा बजार घट्दापनि हामीले ठुलो नोक्सानी बेहर्नु पर्दैन।  बजारको  एउटा चक्र हुन्छ, बजार सधै घट्ने र सधै बढ्ने हुदैन। प्रतिफलको आधारमा गरिएको दिर्घकालिन लागनीनै उत्तम हुन्छ।  

(नेपाल स्टक एक्सचेन्जले  प्रकाशन गरेको रिपोर्टको आधारमा )






Post Bottom Ad

Pages