साताको अन्तिम दिन बजार घट्यो ; करेक्सन की ट्रयाप ? - Lagani News

Latest


Post Top Ad

Thursday, September 6, 2018

साताको अन्तिम दिन बजार घट्यो ; करेक्सन की ट्रयाप ?


लगानीन्युज/काठमान्डौ : लगातार ५ दिन सम्म बढेको बजार आज साताको अन्तिम कारोवार दिन भने ४ अंकले घटेर १२२९ दशमलव ७७ को विन्दुमा बन्द भएको छ।

धेरै दिन देखि लगातार वृद्धि भएको  बजार सच्चिनु सामान्य रहेको जानकार बताउछन।
आज दिन भरमा  बजारले उच्च विन्दु १२४७ समातेको थियो भने न्यून विन्दु १२२४ समातेको थियो। आज  ७९ करोड ७३ लाख बराबरको शेयर खरिद बिक्री भएको पाईन्छ।

सवा २ बजे पछि बजारमा एक्कासी बिक्री चाप आएकोमा अन्तिम समयमा भने केही बजार समालिन खोजेको थियो।  बजार समालिन खोज्दा खोज्दै बजार बन्द हुन् पुग्यो।

धेरै दिनको लगातार  वृद्धि पछी यसरी बजार घट्नुलाई करेक्सन भन्ने गरिन्छ।  कारोवारीहरुले नाफा बुक गर्दा यस प्रकारको घटाई देखिने गरिन्छ।

अब लगातार ५ दिन सम्म बढेको बजार बुल ट्रयाप् हो की होइन भन्ने कुरा चाहिं आईतबारको कारोवारले प्रस्ट पार्नेछ।  आज सबै भन्दा धेरै एनएमबीको १० करोड ३४ लाख बराबरको शेयर किन बेच भयो भने काबेली विकास बैंकको शेयर मूल्य सबै भन्दा धेरै ९ दशमलव ६५ प्रतिशतले वृद्धि भयो।





Pages