लाभासको सिजनमा झन्डै २ प्रतिशतले बढ्यो बजार; अब के गर्ने ? - Lagani News

Post Top Ad

Wednesday, September 5, 2018

लाभासको सिजनमा झन्डै २ प्रतिशतले बढ्यो बजार; अब के गर्ने ?


लगानीन्युज/काठमान्डौ : आज समेत  गरी नेप्से परिसूचक लगातार ५ कारोवार दिन देखि बढ्दै आएको  छ।  आज नेप्से परिसूचक मंगलबारको तुलनामा १ दशमलव ९७ प्रतिशत (२३ दशमलव ८९ अंक) वृद्धि भएर १२३४ दशमलव १३ को विन्दु मा बन्द भएको छ। आज दिन भरीमा  बजार १२४३ को उच्च  विन्दु सम्म पुगेकोमा बन्द हुदाँ भने १२३४ को विन्दुमा बन्द भएको छ। 

आज कारोवार रकमपनि निकै राम्रो संग वृद्धि भएको छ। आज दिन भरमा  ७० करोड ८८ लाख बराबराको शेयर खरिद बिक्री भएको छ।  आज सबै भन्दा धेरै कुमारी बैंक लिमिटेडको शेयर खरिद बिक्री भएको छ।  कुमारी बैंकको ४ करोड ९० लाख बराबरको शेयर खरिद बिक्री भयो।  

धेरै कम्पनीहरुले लाभास प्रस्ताव गर्ने क्रम सुरु भएकोले बजारले सकारात्मक दिशा समातेको पाईन्छ।  लाभास खाने बेलामा शेयर बजारले यस प्रकारको र्याली समात्नु सकारामक रहेको जानकार बताउछन । 

शेयर बजार सकारात्मक ट्रेन्डमा छ भन्दैमा कम्पनीको आधारभूत कुरा नै नहेरी लगानी गर्दा जोखिम बढ्न  जान्छ।  आधारभूत रुपमा बलियो कम्पनी किन्दा बजार घट्दापनि हामीले ठुलो नोक्सानी बेहर्नु पर्दैन।  बजारको  एउटा चक्र हुन्छ, बजार सधै घट्ने र सधै बढ्ने हुदैन। प्रतिफलको आधारमा गरिएको दिर्घकालिन लागनीनै उत्तम हुन्छ।  
   
  

Pages