लगानीन्युज/काठमान्डौ: नेप्सेमा सुचिकृत ७ जीवन बीमा कम्पनी मध्य व्यवसायको आधारमा नेपाल लाईफ इन्स्योरेन्स अग्रस्थानमा छ। आर्थिक वर्ष ७४/७५ को चौथो त्रैमासको वित्तिय प्रतिवेदनलाई आधार मान्दा नेपाल लाईफले १६ अर्ब १७ करोड बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ भने १६ अर्ब १ करोड बराबरको खुद शुल्क आर्जन गरेको छ।
बीमा लेख संख्याको आधारमापनि नेपाल लाईफ इन्स्योरेन्स नै अगाडी छ। नेपाल लाईफ इन्स्योरेन्ससंग ११ लाख ५२ हजार बीमा लेख संख्या कायम छन्।