नेपाल पुँजी बजार संघ नेप्से जादा अनलाइनको विषयमा के भयो कुरा ? - Lagani News

Latest


Post Top Ad

Friday, September 7, 2018

नेपाल पुँजी बजार संघ नेप्से जादा अनलाइनको विषयमा के भयो कुरा ?



लगानी न्युज/काठमान्डौ : नवराज सुवेदीको नेतृत्वमा नेपाल पुँजीबजार संघले आज नेप्से प्रमुख साउदसँग अनलाइन कारोबार प्रणालीको बारेमा छलफल गरेको छ। 

सुवेदीले लगानीन्युजलाई दिएको जानकारी अनुसार  "मोक टेस्ट"  ढिलो हुने कारणले गर्दा अनलाइन कारोबार आउँन  केही ढिलो हुन सक्ने छ । 

नेपाल पुँजी बजार संघका महासचिव नयन बास्तोलाले लगानीन्युज सँग कुरा गर्दै भने " ब्रोकरहरु मोक टेस्टको लागि जति छिटो तयार हुन्छन् त्यति छिटो अनलाइन कारोबार प्रणाली आउने कुराको जानकारी आजको  छलफलबाट प्राप्त  भयो  र मार्जिन लेन्डिंग सम्बन्धी कार्यविधि नेप्सेले सेवनमा पठाईसकेको छ । "

सोही कार्यक्रममा सिडीएसका प्रमुख कार्यकारी अघिकृत देव प्रकाश गुप्ताले अन्तर्राष्ट्रिय स्तरको पुँजी बजार बनाउन आफू लागिपरेको जानकारी पनि दिए।   

Pages