वित्तीय सस्थाहरुले नगद लाभास मात्र दिन्छन् भनेर हल्ला फैलाउनेले हेर्नु पर्ने तथ्याङ्क - Lagani News

Latest

Post Top Ad

Thursday, September 6, 2018

वित्तीय सस्थाहरुले नगद लाभास मात्र दिन्छन् भनेर हल्ला फैलाउनेले हेर्नु पर्ने तथ्याङ्क




लगानीन्युज/ काठमान्डौ: आर्थिक वर्ष ७४/७५को समाप्ति सँगै नेप्सेमा सूचीकृत कम्पनीहरूले लाभास प्रस्ताव गर्ने क्रम सुरु भएको छ। आर्थिक वर्ष ७४/७५ को लाभास प्रस्ताव गर्ने वित्तीय सस्थाहरुको सङ्ख्या १३ पुगेको छ।
प्रस्तावित लाभास मध्य फर्स्ट माइक्रो फाइनान्स, वोमी  माइक्रो फाइनान्स र आईसीएफसी फाइनान्सले मात्र नगद लाभास प्रस्ताव गरेको अवस्था छ।
त्यस्तै पोखरा  फाइनान्स, मेरो माइक्रो फाइनान्स, महालक्ष्मी विकास बैङ्क, हाम्रो विकास बैङ्क र कन्काई विकास बैङ्कले नगद, बोनस दुवै मिलाएर मिश्रित लाभास प्रस्ताव गरेका छन्।
ग्लोबल आईएमई लघुवित्त, स्वरोजगार लघुवित्त, शाईन रेशुंगा डेभलपमेन्ट बैङ्क र मिर्मिरे लघुवित्तले कर प्रयोजनका लागि मात्र नगद लाभास प्रस्ताव गरेको अवस्था छ।  काबेली विकास बैङ्कले भने खाली बोनस शेयर मात्र प्रस्ताव गरेको छ।

तथ्याङ्कमा हेर्दा :
नगद लाभास मात्र प्रस्ताव गर्ने  वित्तीय संस्था : ३

मिश्रित लाभास  प्रस्ताव गर्ने  वित्तीय संस्था : ५

पुरै बोनस शेयर तर  कर प्रयोजनका लागि मात्र नगद लाभास प्रस्ताव गर्ने वित्तीय संस्था : ४

पुरै बोनस शेयर प्रस्ताव गर्ने वित्तीय संस्था : १

जुन प्रकारले अब वित्तीय सस्थाहरुले नगद लाभास मात्र दिन्छन् भनेर हल्ला फैलाउने समूहलाई भने अहिलेसम्म  प्रस्तावित लाभास हेर्दा  गलत साबित बनाएको अवस्था छ । राष्ट्र बैङ्कले तोकेको न्यूनतम चुक्ता पुँजी पुगिसकेको अवस्थामा पनि केही वित्तीय सस्थाहरु न्यूनतम पुँजीमा नरोकिएको प्रस्ट देखिन्छ । प्राइम कमर्सियल बैङ्कले ओम डेभलपमेन्ट बैङ्कलाई प्राप्ति गर्ने सहमति सँगै वाणिज्य बैंकहरुलाई पनि ८ अर्ब पुँजी कुनै दिन थोरै हुन सक्ने आकलन गर्न सकिन्छ।

बजारमा ठुलो हिस्सा रहेको वाणिज्य बैंकहरु मध्य  अहिले सम्मपनि लाभास प्रस्ताव गरेका छैनन् ।  बजारले वाणिज्य बैङ्कले दिने प्रतिफल कुरेर बसेको र अहिले लाभास प्रस्ताव गरेका  वित्तीय सस्थाहरु जस्तै मिश्रित लाभास दिन सकेमा धेरै हत सम्म बजारले सकारात्मक दिशा समात्ने देखिन्छ।

हेरौ प्रस्तावित लाभास टेबलमा :



  

Post Bottom Ad

Pages