लगानीन्युज/काठमान्डौ : आर्थिक वर्षको समाप्ति संगै नेप्सेमा सुचिकृत कम्पनीहरुले लाभास प्रस्ताव गर्ने क्रम बढ्दै छ । शुक्रबार सम्म १७ वटा कम्पनीहरुले लाभास प्रस्ताव गरेकोमा ङादी ग्रुप पावर, सिद्धार्थ इक्वीटी ओरियन्टेड स्किम र एनआईबिएल समृद्धि फन्ड १ले दिने लाभासको लागि भने बुक क्लोज भैसकको अवस्था छ।
अब सो कम्पनीको शेयर र इकाई खरिद गर्ने लगानीकर्ताले उक्त कम्पनीले दिने प्रतिफल प्राप्त गर्ने छैनन्।
अब सो कम्पनीको शेयर र इकाई खरिद गर्ने लगानीकर्ताले उक्त कम्पनीले दिने प्रतिफल प्राप्त गर्ने छैनन्।
आईसिएफसी फाईनान्सले दिने ८ प्रतिशत नगद लाभासको लागि भने बुक क्लोज मिति तय भएको छ। भाद्र २६ गते सम्म कायम शेयरधनीले ८ प्रतिशत नगद लाभास प्राप्त गर्ने छन्। अरु कम्पनीहरुले भने बुक क्लोज मिति तोकेको अवस्था छैन।
लाभास प्रस्ताव गर्ने मध्य LICN ( लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ) भने बल्ल अहिले आर्थिक वर्ष ७३/७४ को लाभास प्रस्ताव गरेको छ।