शेयर बजारमा १७ वर्षका युवाको लोभ लाग्दो यात्रा - Lagani News

Post Top Ad

Wednesday, September 19, 2018

शेयर बजारमा १७ वर्षका युवाको लोभ लाग्दो यात्रा


नेपाल डनबस्को स्कुलबाट एसएलसी उत्तीर्ण गरेर हाल बालाजु स्कुल ओफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीमा डिप्लोमा अध्ययनरत सन्दिप पौडेल एक नयाँ र सम्भावना बोकेका लगानीकर्ता हुन। १७ वर्षको उमेर घुम्ने रमाउने उमेर हो, आफ्ना उमेरका अरु साथीभाइ भन्दा धेरै नै फरक सन्दिप शेयर बजारमा आफुलाई अभ्यस्त बनाउन निकै अध्ययन गर्छन्। सानै उमेरमा उनले शेयर बजारमा पाएको सफलता धेरै युवाको लागि प्रेरणाको श्रोत हुन सक्छ भन्ने लागेर लगानीन्युजले सन्दिप पौडेलको शेयरबजारको यात्रालाई पाठक सामु ल्याउने निर्णय गर्यो। लगानीन्युजले सन्दिपसंग गरेको कुराकानी :

भर्खर १७ वर्ष पुग्नु भयो, खेल्ने घुम्ने उमेरमा शेयर बजार प्रवेश गर्नु भयो आखिर कसरी ?


नेप्सेले १८८१ को इतिहास रचेको बेला म करिब १५ वर्ष को थिए, ९ कक्षामा पढ्थे। माहोल जताततै शेयर बजारले तताएको थियो, चिया पसल, सार्वजनिक यातायात देखि स्कुलको स्टाफ रूपमा समेत शेयरको चर्चा हुने गर्थ्यो । म सानै देखि निकै जिज्ञासु स्वभावकाको थिए, मलाई शेयर बजार बुझ्न मन लाग्यो । अब चाहिँ मैले इन्टरनेटबाट जानकारी लिन थाले, परिवार, सर म्याडमले  सेयर सम्बन्धी कुराहरू गर्दा  कान थापेर सुन्न थाले ।

शेयर सम्बन्धी किताब पत्रपत्रिका खोजीखोजी पढ्न थाले । सानो उमेर हुँदा नागरिकताको अभावमा पनि आमा बुवाको नामबाट आफ्नो दैनिक खर्च कटाएर र अन्य श्रोतबाट दुखले जम्मा गरेको पैसाले प्राथमिक निष्कासनमा आवेदन दिन आमा वुवालाई आग्रह गर्थे र भाग्यले साथ दियो  भटाभट आईपिओ पर्नपनि थाल्यो । ज्यादै खुशी लाग्थ्यो आईपिओबाट शेयर पाउँदा  ।

आर्थिक कुरामा म सानैदेखि व्यवहारिक थिए। म अनावश्यक खर्च नियन्त्रण गर्ने, भिडियो गेम र अनुत्पादक कुराहरू खर्च नगरी पैसा संचित गर्थे ।

यस्तै गरी बिस्तारै स्कुल छँदै शेयर बजारमा झनझन आकर्षण  बढ्ने क्रममा मेरो जीवनको सबैभन्दा राम्रो दिन र "लाईफ चेञ्जिङ्ग मोमेन्ट" आयो, मैले मेरो आदरणीय गुरु राजु पौडेल संग भेट हुन पुग्यो । उहाँलाई मैले सर्वप्रथम अन्लाईन मार्फत भेटे र बिस्तारै भौतिक रूपमा पनि। उहाँले नै मलाई दोश्रो बजारमा छिर्न प्रोत्साहन गर्नु भो। मलाई उहाँले निस्वार्थ  रूपमा धेरै सहयोग गर्नुभयो। उहाँले मलाई शेयर सम्बन्धी ज्ञान मात्रै दिनुभएन कि उहाँले मलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा मेरो जीवनमा नै परिवर्तन ल्याइदिनु भो जुन कुरामा म सधैँ आभारी र कृतज्ञ छु । 

तपाई शेयर बजारको एउटा सिकारु भन्नु हुन्छ तर लेख रचनापनि प्रकाशन गर्नु हुदो रहेछ, किन लेखन क्षेत्रमा प्रवेश गर्न मन लाग्यो ?
आफूले शेयर बजार सम्बन्धी जानेको, बुझेका, अनुभव गरेको, भलाकुसारी गरेका कुराहरू म आर्थिक पोर्टलहरू मार्फत सेयर गर्छु । आफूले जाने बुझेका कुरा सक्दो अरूलाई बुझाउनुपर्छ भन्ने कुरामा म मान्यता राख्छु । जति अरुलाई सिकायो आफ्नो ज्ञान त्यति नै वृद्धि हुन्छ भन्ने कुरामा म विस्वास राख्छु। वर्तमान अवस्थामा म बिजशाला अन्लाईन आर्थिक पोर्टलसँग आबद्ध छु । समय भ्याएसम्म म लेख्छु।  कलेजको पढाईको कारणले गर्दा त्यति धेरै लेख्न चाहिँ भ्याएको छैन। 

शेयरमा लगानी गर्दा कसरी लगानी गर्नुहुन्छ ?
म सर्वप्रथम तथ्यमा आधारित अध्ययनमा विश्वास गर्छु, धेरै पढ्छु र अध्ययनलाइ प्राथमिकता दिन लगानीकर्ताहरूलाई आग्रह पनि गर्छु। कम्पनीको ग्रोथ प्रस्पेक्ट, बिजनेस, देशको म्याक्रो अर्थतन्त्र आदिलाई मध्यनजर गर्दै वित्तीय प्रतिवेदन र म्यानेजमेन्ट लाई प्राथमिकतामा राखी लगानी गर्न रुचाउँछु । त्यसै गरी आफूले लगानी गरेको र लगानी गर्न रुचाएको कम्पनीहरुको बारेमा नियमित चासो र खबर पनि राख्दछु जसले सही  समयमा सही निर्णय लिन मदत पुग्छ ।
आफूले शेयर बजार सम्बन्धी जानेको, बुझेका, अनुभव गरेको, भलाकुसारी गरेका कुराहरू म आर्थिक पोर्टलहरू मार्फत सेयर गर्छु । आफूले जाने बुझेका कुरा सक्दो अरूलाई बुझाउनुपर्छ भन्ने कुरामा म मान्यता राख्छु । 

म प्रतिफलको आधारमा लगानी गर्न  रुचाउछु।  बजारको सानो तीनो उतारचढावले मलाई ठुलो असर पुग्दैन। शेयर किनेपछि  मैले किनेको शेयर  प्रति पूर्ण विस्वास लाग्छ। 

सानै उमेरमा लगानी गर्न सुरु गर्नु भएछ के कस्ता चुनौतीहरूको सामना गर्नु भो ?
सुरुसुरुमा लगानी गर्दा धेरै कुराहरू नबुझ्दा समय समयमा अलिक गाह्रो हुन्थ्यो । शेयरमा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरूको बारेमा त्यति  ज्ञान थिएन तर विभिन्न पुस्तक, आर्टिकलहरु पढ्दै गर्दा भने बिस्तारै  ज्ञान र अनुभव खरिदै गयो । विधार्थी उमेरमा पैसाको पनि अलिक समस्या हुन्थ्यो ।

शेयर बजार तपाईको लगानी "कम्पाउण्डिङ्ग" हुने ठाउँ  हो। आज जुन पैसा तपाईले  अत्याधिक घुमेर, रमाईलो गरेर खर्च गरिराख्नु भएको छ त्यो रकम शेयर बजारमा बुझेर लगानी गर्नुस केही वर्ष पछि तपाईको लगानीको प्रतिफलले तपाईलाई  घुमाउने छ।

तपाईँले सेयरबजारबाट के कस्ता अनुभव लिनुभयो ?
सबभन्दा ठुलो शिक्षा भनेकै मैले आफ्नो र अरूको गल्तीबाट सिकेको छु । गल्ती र अनुभव नै सबैभन्दा ठुलो शिक्षक हो भन्ने कुरामा मान्यता राख्छु । मैले सुरुमा शेयर कारोबार गर्दा धेरै गल्ती गरेको छु र राम्रो पाठ सिकेको छु । इमोशन  कन्ट्रोल  नगरी महङ्गोमा शेयर किन्न नहुने कुराको मैले राम्रो अनुभव लगे। मार्केट बढि रहेको बेला अझै शेयर बढ्छ भनेर शेयर नबेच्ने र  बजार घट्दा शेयर किन्न नसक्नेहरुले शेयर बजार बाट  कमाउन सक्दैनन्। 

अनि तपाईँ संगै उमेरका विद्यार्थी साथीभाइलाई शेयर सम्बन्धी केही सन्देश दिन चाहनुहुन्छ?
पहिलो कुरा हाम्रो शैक्षिक पद्धति सारै दयनीय छ यो तितो  यथार्थ पनि हो । आजको समयमा माध्यमिक तहको पाठ्यक्रम देखिनै शेयर शिक्षा आवश्यक छ । उच्च शिक्षाको पाठ्यक्रम हेर्ने हो भने आजको समयमा शेयर सम्बन्धी ज्ञान सैद्धान्तिक कुरामा मात्रै केन्द्रित गरिएको छ जब प्रयोगात्मक  ज्ञान अत्यावश्यक रहेको छ सफल हुनको लागि  ।

शेयर बजारका लागि  हामी आफ्नो क्षमता अनुसार आजैबाट बचत गरौँ, अनावश्यक खर्च नियन्त्रण गरौँ र थोरै धेरै लगानी गर्दै र सिक्दै गएम भने हामीले बिस्तारै आफ्नो पोर्टफोलिओ व्यवस्थापन गर्न सक्छौ र वित्तीय  हिसाबले भविष्यमापनि आर्थिक संकटहरुबाट बच्न सक्छौ । 

आज देखि नै लगानी गर्ने बानी बसालौ। सुरुमा आईपिओबाट सुरु गरौ। आईपिओको आवेदन दिन ५ हजार भए पुग्छ।  सकिन्छ भने अलि अलि पैसा दोश्रो बजारमा बुझेर लगानी गरौ।  आज तपाईले जुन फजुल खर्च गरिराख्नु भएको छ  त्यो पैसा शेयरमा लगानी गर्नु भयो भने भविस्यमा त्यही अहिलेको सानो  लगानीपनि धेरै ठुलो हुन्छ। 

शेयर बजार तपाईको लगानी "कम्पाउण्डिङ्ग" हुने ठाउँ  हो। आज जुन पैसा तपाईले अत्याधिक घुमेर, रमाईलो गरेर खर्च गरिराख्नु भएको छ त्यो रकम शेयर बजारमा बुझेर लगानी गर्नुस केही वर्ष पछि तपाईको लगानीको प्रतिफलले तपाईलाई  घुमाउने छ।






Pages