नेपाल पुँजीबजार लगानीकर्ता संघको सक्रियता बढ्दै; हेटौडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न - Lagani News

Latest

Post Top Ad

Wednesday, September 19, 2018

नेपाल पुँजीबजार लगानीकर्ता संघको सक्रियता बढ्दै; हेटौडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

लगानीन्युज/हेटौंडा: नेपाल पुँजीबजार लगानीकर्ता संघले असोज ३ गते मकवानपुरको हेटौंडामा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। संघका प्रदेश नम्बर तीनका संयोजक गोकर्ण बहादुर कार्कीको उपस्तिथिमा सो कार्यक्रम संचालन भएको थियो ।

उक्त कार्यक्रममा लेक्चर, विद्यार्थी, गृहिणी, व्यापारीको  उपस्थित थियो । कार्यक्रममा उपस्थित लगानीकर्ताहरुले नेपाल पुँजी बजार लगानीकर्ता संघको बारेमा विशेष जिज्ञासा राखेका थिए । नेपाल पुँजी बजार लगानीकर्ता संघ र यस्को औचित्य र विधानको बारेमा प्रदेश तीनका संयोजक गोकर्ण बहादुर कार्कीले स्पस्ट पार्नुभएको थियो । 

सोही अन्तक्रिर्या कार्यक्रमले जिल्ला संयोजकमा प्रमेश प्रधान र स-संयोजकमा कमला पाण्डेलाई चुनेको छ।

Post Bottom Ad

Pages