बुलिश, बियरिश र फूलिश
-दिग्विजय बिष्ट
भन्छन् कोही सेयर बजार जान्छ अब बुलिश
कोही भन्छन् सेयर बजार गिर्दै छ बियरिश
नौ थरी विश्लेषकको भर जो पर्दा
अनिर्णएको बन्दी हुँदा, लौन! म पो बन्न लागे फूलिश
पत्ता लगाउन गाह्रो छ, सेयर बजारको गति
गलत प्राविधिक धारमा बग्न खोज्दा, हुन्छ ठुलो क्षति
अहितकारी दुर्जनहरू हाँस्दै भन्छन्, बिग्रेछ यसको मति
होसियार पूर्वक कारोबार गरे, नहुने रैछ कुनै दुर्गति
सपना थियो शेयरबाट कमाएर भर्ने धनको भकारी
तर नेप्सेको निरन्तर घोप्टे गिरावटले बनाउन लाग्यो भिखारी
भएन यसरी, खोज्दै छु म पनि, एउटा जागिर सरकारी
जीवन गुजारा गर्नै गाह्रो हुन थाल्यो, खान तिउन तरकारी
प्राविधिक विश्लेषण कक्षामा, पढाएको थियो बजारको चाल
देखायो सपना, यो ट्रेनिङ पछि हुनेछौ मालामाल
“बढ्दो उचाइ-घट्दो गहिराइ” भनेको बुलिश
“घट्दो उचाइ-बढ्दो गहिराइ” भनेको बियरिश
आफै बजारको विश्लेषण नगर्दा, ए हजुर! म बन्न लागे फूलिश
बजारको चालको निर्णय गर्न, उपयोग गर्नु पर्ने भो निम्न मन्त्र
सही प्रयोगले यो बन्नेछ कारोबारीको धन कमाउने यन्त्र
“बढ्दो उचाइ घट्दो गहिराइ” भनेको बुलिश
“घट्दो उचाइ बढ्दो गहिराइ” भनेको बियेरिश
आफै बजारको विश्लेषण नगर्दा, आफू नै बन्न लागे फूलिश
ट्रेडरहरु बजारको परिस्थितिसँग, डटेर गरिरहेछन सामना
चाडै नै ट्रेन्ड फर्केर जान, गरिरहेछन् विनम्र कामना
शेयरको मूल्य घटाइले, ट्रेडरहरुको खातामा परेको छ दबाब
किंकर्तब्यबिमूढ हुने, ओठ मुख सुक्ने, जस्ता देखियो प्रभाव
घट्दो आम्दानीले, जीवनमा हुन थाल्यो अभाव
बिस्तारै-बिस्तारै, देखिन थाल्यो निरस स्वभाव
दुई वर्षको निरन्तर बियरिश बजारले म लागिसके टुट्न
यो ट्रेन्डले अझै बजार घटिरह्यो भने, म नसक्ने हुन्छु जुट्न
हे नेप्से! भन कहिले सम्म ट्रेडरहरुलाई लागिपर्छौ लुट्न
भएन र अब बेला उँभो लाग्ने, ताकि ट्रेडरहरुले सक्छन् जित्न
कोही गर्दैछन् प्राविधिक विश्लेषण
कोही गर्दैछन् आधारभूत विश्लेषण
बजारका विज्ञहरूले, बेचिरहेछन् विविध विश्लेषण
“बढ्दो उचाइ घट्दो गहिराइ” भनेको बुलिश
“घट्दो उचाइ बढ्दो गहिराइ” भनेको बियरिश
आफै बजारको विश्लेषण नगर्दा, म बन्न लागे फूलिश
नेप्से अनलाइन प्रणालीमा, ब्रोकरको भइरहेछ खेल
समयमा नआउन दिन, भइरहेछ अनेक चलखेल
कोही हाकिम व्यस्त छन्, गर्न इनसाईडर ट्रेडिङ्को झेल
नेता र मन्त्री दिन्छन् आश्वासन रियल सेक्टरको, सिमेन्ट र रेल
बजारको भद्रगोल यो अवस्थाले, मलाइ पर्यो अन्योल
विकासको मूल फुटाउन, चाहिएन यस्तो अनमेल
सबै पक्ष र विपक्षको, कहिले होला सौहाद्रपुर्ण मेल ?
प्राविधिक रूपमा खोज्नु पर्ने रैछ बजारको, दीर्घकालीन मुख्य पथ
बजार भन्छ: भावनारहित तार्किक हुँदै , त्याग्नुहोस् ब्यग्तिगत हठ
अन्यथा अब ट्रेडिङ् गर्न छोड्नु पर्यो, जानु पर्यो गुप्त बास
बनेर जोगी, लाग्नुपर्यो हिमाल पारिको श्री निवास
असहज स्थितिमा गुज्रिरहेछ यो जिवन
कठिनाइ छ गर्न यसको सही सम्पादन
“बढ्दो उचाइ घट्दो गहिराइ” भनेको बुलिश्
“घट्दो उचाइ बढ्दो गहिराइ” भनेको बियरिश
आफै बजारको विश्लेषण नगर्दा, बन्न लागियो आफै फूलिश्!
साभार : फेसबुक पेज (Caliber Trader)