आज कुन कुन कम्पनीले गरे लाभास प्रस्ताव ? - Lagani News

Latest


Post Top Ad

Sunday, September 9, 2018

आज कुन कुन कम्पनीले गरे लाभास प्रस्ताव ?


लगानीन्युज/काठमाडौँ : आज दुई वटा कम्पनीको संचालक समितिको बैठकले लाभास प्रस्ताव गरेको छ।  

नेप्सेमा प्राप्त जानकारी अनुसार जानकी फाईनान्स र ज्योति विकास बैंकले लाभास प्रस्ताव गरेका छन्।  

ज्योति विकास बैंकको ३१२ औ सन्चालक समितिको बैठकले ८ दशमलव ४० प्रतिशत नगद लाभास दिने प्रस्ताव गरेको छ भने जानकी फाईनान्सको २६१ औ संचालक  समितिको बैठकले २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव  १६ प्रतिशत नगद लाभास दिने  प्रस्ताव गरेको छ।

प्रस्तावित लाभास नेपाल रास्ट्र बैंकको  स्वीकृती पछी सम्बन्धित कम्पनीको साधारण सभाले अनुमोदन गर्नु पर्ने छ।




Pages