१५ निर्जीवन बीमा कम्पनीहरुको तुलनात्मक अध्ययन; को अगाडी को पछाडी ? - Lagani News

Latest


Post Top Ad

Tuesday, September 11, 2018

१५ निर्जीवन बीमा कम्पनीहरुको तुलनात्मक अध्ययन; को अगाडी को पछाडी ?



लगानीन्युज/काठमाडौँ : नेप्सेमा सुचिकृत १५ पुराना निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष ७४/७५ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेको अवस्था छ। सोही तथ्यांकको आधारमा लगानीन्युज टिमले गरेको एक विस्लेषण :

चुक्ता पुँजीको आधारमा :
बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई १ अर्ब पुँजीको लक्ष्य दिएको थियो। नेप्सेमा सुचिकृत निर्जीवन बीमा कम्पनीहरु मध्य चार  बीमा कम्पनीहरुले मात्र बीमा समितिले तोकेको १ अर्ब पुँजीको लक्ष्य हासिल गरेको  अवस्था छ।

नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले मात्र १ अर्ब पुँजीको लक्ष्य हासिल गरेको अवस्था छ भने अरु बाँकी ११ निर्जीवन बीमा कम्पनीले अझै १ अर्ब पुँजी पुर्याउन सकेको अवस्था छैन।    

सबै भन्दा धेरै पुँजी वृद्धि गर्न बाँकी एभेरेस्ट इन्स्योरेन्स रहेको छ। एभेरेस्ट इन्स्योरेन्सले अझै आफ्नो पुँजी ६४८ प्रतिशतले वृद्धि गर्न बाँकी छ। एभेरेस्ट इन्स्योरेन्सको पुँजी वृद्धिको बाटो तय भएको छ। सुरुमा १०५ प्रतिशत संस्थापक हकप्रद र त्यसपछि  ३०० प्रतिशत हकप्रद बिक्री गरे पश्चात इन्स्योरेन्सले १ अर्ब चुक्ता पुँजीको लक्ष्य हासिल  गर्ने  छ।

स्पस्टिकरण  :चुक्ता पुँजी लिदा मूल्य समायोजन पछिको चुक्ता पुँजी लगिएको हो

जगेडा कोषको आधारमा :
जगेडा कोषको आधारमा रास्ट्रिय बीमा कम्पनी अगाडी छ। रास्ट्रिय बीमा कम्पनीको जगेडा कोषमा २ अर्ब ७ करोड छ भने सबै भन्दा थोरै जगेडा कोषमा रकम युनाईटेड इन्स्योरेन्सको छ। युनाईटेड इन्स्योरेन्सको जगेडामा २ करोड ९७ लाख रुपैयाँ छ।

बीमा कोषको आधारमा :
बीमा कोषको आधारमा रास्ट्रिय बीमा कम्पनी अगाडी छ। रास्ट्रिय बीमा कम्पनीको बीमा कोषमा १ अर्ब ३५  करोड छ भने सबै भन्दा थोरै बीमा कोषमा रकम आईएमई जनरल इन्स्योरेन्सको छ।आईएमई जनरल इन्स्योरेन्सको बीमा कोषमा १७  करोड ७९ लाख रुपैया छ।

कुल र खुद बीमा शुल्क आर्जन रकम :
कुल बीमा शुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स अगाडी छ। शिखर इन्स्योरेन्सले ३ अर्ब ३७ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने १ अर्ब ७७ करोड खुद बीमा शुल्क आर्जन गरेको छ।
सबै भन्दा थोरै बीमा शुल्क आर्जन गर्नेमा युनाईटेड इन्स्योरेन्स पर्दछ। युनाईटेड इन्स्योरेन्सले ४७ करोड ७४ लाख कुल बीमा शुल्क आर्जन गरेकोमा २८ करोड ३८ लाख खुद बीमा शुल्क आर्जन गरेको छ।


बीमा लेख संख्याको आधारमा :
कुल कायम रहेको बीमा लेख संख्याको आधारमा शिखर इन्स्योरेन्स अगाडी छ ।  शिखर इन्स्योरेन्ससंग २ लाख ९३ हजार  कुल कायम रहेका बीमा लेख छन ।

खुद नाफाको आधारमा :
खुद नाफाको आधारमा रास्ट्रिय बीमा कम्पनी अगाडी छ । रास्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष ७४/७५ मा ५५ करोड ९ लाख कमाएको छ ।   

                           
स्पस्टिकरण  :प्रिमियर इन्स्योरेन्सको खुद नाफा गणना गर्दा जम्मा आम्दानी बाट व्यवस्था तथा खर्चहरु घटाएर निकालिएको  
  प्रति शेयर आम्दानीको आधारमा :
प्रति शेयर आम्दानीको आधारमा रास्ट्रिय बीमा कम्पनी अगाडी छ।  रास्ट्रिय बीमाको प्रति शेयर आम्दानी २०६ रुपैया ६३ पैसा रहेको छ।  त्यस्तै सबै भन्दा थोरै प्रति शेयर आम्दानी भएको निर्जीवन बीमा कम्पनी भनेको हिमालयन जनरल इन्स्योरेन्स रहेको छ।  हिमालयनको प्रति शेयर आम्दानी १३ रुपैया ७ पैसा रहेको छ।  

स्पस्टिकरण  :प्रति शेयर आम्दानी गणना गर्दा मूल्य समायोजन भैसकेपछीको पुँजीको आधारमा गरिएको छ 





Pages