लगानीन्युज/बाग्लुङ्ग: बाग्लुङ्ग इन्भेस्टमेन्टको आयोजनामा शेयर बजार सम्बन्धी दुई दिने आधारभूत शेयर तालिम सम्पन्न भएको छ। तालिम शुक्रबार र शनिबार गरी दुई दिन सम्म चलेको थियो।
बाग्लुङ्ग स्थित होटल पिस प्यालेसमा आयोजना भएको तालिममा ३९ जना लगानीकर्ताको सहभागीता थियो।
यस प्रकारका तालिमहरु आगामी दिनमा पनि गर्ने र यस्ता क्रियाकलापले शेयर बजारको विस्तारमा सहयोग पुग्ने आयोजक बाग्लुङ्ग इन्भेस्टमेन्टको तर्फबाट पुनम शर्माले जानकारी दिनु भयो।
तालिममा सन्तोष राज बजगाईले ट्रेनरको भूमिका निर्वाह गर्नु भएको थियो।