अझै ८ अर्ब पुँजी पुर्याउन बाँकी केही वाणिज्य बैंकहरु ; कसको कति बाँकी ? - Lagani News

Latest


Post Top Ad

Monday, October 1, 2018

अझै ८ अर्ब पुँजी पुर्याउन बाँकी केही वाणिज्य बैंकहरु ; कसको कति बाँकी ?




लगानीन्युज /काठमान्डौ :
रास्ट्र बैंकले मौद्रिक नीति मार्फत वाणिज्य बैंकको न्युनतम  चुक्ता पुँजी ८ अर्ब तोकेको  थियो।  रास्ट्र बैंकको यही नियम अनुरुप ३ वटा वाणिज्य बैंक बाहेक सबैले न्युनतम चुक्ता पुँजी हासिल गरिसकेको अवस्था छ।

अझै पनि ८ अर्ब चुक्ता पुँजीको लक्ष्य हासिल नगर्नेमा नेपाल क्रेडिट एण्ड  कमर्सियल बैंक (NCCB), बैंक अफ काठमान्डौ (BOKL), र कुमारी बैंक (KBL) रहेका छन्।

एनसिसि बैंकले भाद्र ४ गते बाट ५० प्रतिशत हकप्रद शेयर बिक्री सुरु गरेको  छ  । हकप्रद शेयरको लागि मूल्य समायोजन भैसकको हुनाले कम्पनीको पुँजी ७ अर्ब १ करोड आउँछ।  हकप्रद पश्चातपनि कम्पनीको पुँजी १४ प्रतिशतले वृद्धि गर्नु पर्ने देखिन्छ।
  
त्यस्तै बैंक अफ काठमान्डौ  र कुमारी बैंकलेपनि आफ्नो पुँजी क्रमस १३ प्रतिशत र १२ प्रतिशतले पुँजी वृद्धि गर्नु पर्ने छ।  
  
नोट :चुक्ता पुँजी गणना गर्दा बुक क्लोज पछी कायम चुक्ता पुँजी लागिएको हो 

Pages