एभेरेस्ट र स्ट्यान्डर्ड चार्टर्डलाई दाँजेर हेर्दा - Lagani News

Post Top Ad

Thursday, October 4, 2018

एभेरेस्ट र स्ट्यान्डर्ड चार्टर्डलाई दाँजेर हेर्दा


लगानीन्युज/काठमान्डौ :
दुवै बैंक विदेशी लगानी भएका बैंक हुन । लगानीन्युज टीमले एभेरेस्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक विच गरेको तुलानात्मक अध्ययन :

* २०७५ साल असोज १८ गते बिहिबारको  बजार मूल्य 
* NFRS अनुसार 

चुक्ता पुँजीको आधारमा 
चुक्ता पुँजी एभेरेस्ट बैंकको धेरै छ। एभेरेस्ट बैंकको चुक्ता पुँजी ८ अर्ब १० करोड छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको चुक्ता पुँजी ८ अर्ब १ करोड छ।  

जगेडा कोषमा एभेरेस्ट बलियो 
एभेरेस्ट बैंकको जगेडा कोषमा ७ अर्ब ८० करोड रुपैया संचित छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको जगेडा कोषमा ६अर्ब २३ करोड रुपैया संचित छ।  

निक्षेप र कर्जामा एभेरेस्ट बैंक अघि 
एभेरेस्ट बैंकले १ खर्ब १४ अर्ब निक्षेप संकलन गरी ९२ अर्ब ७७ करोड कर्जा प्रवाह गरेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले  ६७ अर्ब ३८ करोड निक्षेप संकलन  गरी ४७ अर्ब ७ करोड कर्जा प्रवाह गरेको छ। 

आम्दानीमा एभेरेस्ट राम्रो  
आर्थिक वर्ष ७४/७५ को चौथो त्रैमास सम्म एभेरेस्ट बैंकले २ अर्ब ७८ करोड खुद नाफा गरेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब २१ करोड खुद नाफा गरेको छ।  

प्रति शेयर आम्दानीमा एभेरेस्ट माथि 
एभेरेस्ट बैंकको प्रति शेयर आम्दानी ३४ रुपैयाँ ३७ पैसा छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रति शेयर आम्दानी २७  रुपैया ६  पैसा छ।  

कुन सस्तो कुन महङ्गो ?
बजार मूल्य र प्रति शेयर आम्दानीलाई हेर्दा एभेरेस्ट बैंकको मूल्य आम्दानी अनुपात १८ गुणा छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको मूल्य आम्दानी अनुपात २५ गुणा छ। यो मानेमा एभेरेस्ट बैंक सस्तो छ।  




Pages