आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट प्रस्तावित लाभांस :
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले वर्ष ७४/७५ को संचित मुनाफाबाट २० प्रतिशत बोनस शेयर र २२ दशमलव ११ प्रतिशत नगद लाभासं प्रस्ताव गरेको छ भने छिमेक लघुवित्तले १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभासं प्रस्ताव गरेको छ। प्रस्तावित लाभासं नेपाल रास्ट्र बैंकबाट स्वीकृत र कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरे पश्चात लगानीकर्तालाई प्रदान गरिने छ।
➤आर्थिक वर्ष ७४/७५ को चौथो त्रैमासको वित्तिय प्रतिवेदन हेर्दा दुवै कम्पनीको १ अर्ब पुँजी छ। प्रस्तावित बोनसलाई पुँजी मा समायोजन गरे पछि निर्धनको पुँजी १ अर्ब २० कर्रोड पुग्ने छ भने छिमेकको पुँजी १ अर्ब १८ करोड पुग्ने छ।
➤जगेडा कोष हेर्दा निर्धनको बलियो छ। निर्धनको जगेडामा १ अर्ब २५ करोड रुपैया संचित छ भने छिमेकको जगेडामा १ अर्ब १७ करोड रुपैया संचित छ। दुवै कम्पनीको पुँजी भन्दा जगेडा कोष धेरै भएकाले दुवै कम्पनीको प्रति शेयर नेटवर्थ २०० भन्दा माथि छ।
➤आम्दानी र प्रति शेयर आम्दानीको मामलामा छिमेक लघुवित्त अगाडी छ। छिमेक लघुवित्तले आर्थिक वर्ष ७४/७५ को चौथो त्रैमास सम्म ६६ करोड ३८ लाख रुपैया खुद नाफा गरेको छ भने निर्धनले ५५ करोड ९२ लाख रुपैया खुद नाफा गरेको छ। प्रति शेयर आम्दानी छिमेकको ६६ रुपैयाँ ३९ पैसा छ भने निर्धनको ५५ रुपैयाँ ९२ पैसा छ।
➤मूल्य र आम्दानीलाई दाजेर हेर्दा छिमेकको मूल्य आम्दानी अनुपात १३ दशमलव ७१ गुणा छ भने निर्धनको १७ दशमलव ८८ गुणा छ। दुई कम्पनीमा छिमेक लघुवित्त सस्तो देखिन्छ।
*(उपलब्ध तथ्यांकमा आधारमा गरिएको यो विस्लेष्ण पूर्ण होइन, खरिद बिक्री अघि थप विस्लेषण गर्नु होला। )
*(उपलब्ध तथ्यांकमा आधारमा गरिएको यो विस्लेष्ण पूर्ण होइन, खरिद बिक्री अघि थप विस्लेषण गर्नु होला। )