लगानीन्युज/काठमान्डौ: आज साताको तेश्रो दिन मंगलबार नेप्से परिसूचक २ दशमलव ७० अंकले घटेको छ। आज दोश्रो बजारको परिसुचक ० दशमलव २२ प्रतिशतले घटेको छ।
१२४४ दशमलव ५४ को विन्दुमा खुलेको बजार १२४६ दशमलव २२ को उच्च विन्दुसम्म पुगेको थियो। आज बजार दिन भरमा १२३८ दशमलव ६३ को न्यून विन्दु सम्म पुगेकोमा बजार बन्द हुँदा १२४१ दशमलव ८४ को विन्दुमा बन्द भएको थियो । आज १९ करोड ८७ लाख बराबरको शेयर किनबेच भयो।
कारोवार रकम २० करोड पनि नहुनुले बजार निकै सुस्त भएको देखाउँछ। दशैँ पूर्ण रुपमा नसकिएकोले यस्तो प्रभाव परेको अनुमान लाउन सकिन्छ।
आज युनाईटेड फाइनान्सको शेयर मूल्य सर्वाधिक ९ दशमलव ८२ प्रतिशतले वृद्धि भयो।